निजामतीको कर्णाली प्रदेश अध्यक्षमा गिरी निर्वाचित
सुर्खेत, १९ चैत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट आज गिरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षद्वय मुनबहादुर रावल र केशरकुमार चपाई, सचिवमा धनबहादुर महत, सहसचिवमा मानबहादुर बुढा, कोषाध्यक्षमा गणेश विक र सहकोषाध्यक्षमा ललिता बोगटी निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
त्यसैगरी, कर्णाली प्रदेशस्तरको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसको संयोजकमा शरणकुमार बडुवाल, सदस्यहरु महाकृष्ण पाण्डे र यामबहादुर बिसीलाई चयन गरिएको नवगठित प्रदेश समितिले जनाएको छ । आइतबार शुरु भई आज सम्पन्न भएको प्रथम भेलामा संगठनका २२३ जना निजामती कर्मचारीको सहभागिता रहेको थियो ।
रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













