जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द
बाजुरा, १९ चैत । बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् ।
साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिएको भनी पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्लाका निर्वाचित जनप्रतिनिधिसंग मुआब्जा नपाएको गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुँदा आजदेखि उक्त सडकखण्ड बन्द गरिएको जग्गा धनी धीरबहादुर सिंहले बताउनुभयो ।
खेतीयोग्य जमिनमा सडक निर्माणका मुआब्जा दिने गरी सम्झौता भएअनुसार हालसम्म जग्गाको मुआब्जा नपाएका ११ जना जग्गा धनीले सडक बाटो बन्द गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो, “जग्गाको मुआब्जा नपाएसम्म सडक बाटो नखोल्ने बताउनुभयो ।”
आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकमा सडक डिभिजन कार्यालयका प्रमुखलाई बोलाएर मुआब्जा उपलब्ध गराउन कानूनी उपचार खोज्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभएको छ ।
उहाँले जग्गा धनीसंग बैठक बसेर मुआब्जाका लगि पहल गर्ने भनिए पनि उनीहरुले सडक बन्द गर्नुको नियत भने बुझ्न नसकिएको र बन्द सडक सञ्चालनका लागि पहल भइरहेको बताउनुभयो ।
सडक बन्दका कारण जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन भने तिपाडामै रोकिएका छन् । मार्तडी आउने र मार्तडीबाट तराईतर्फ जाने यातायातका साधन वारिपारि नै रहेका छन् । बन्दले यात्रु अलपत्र परेको बताइएको छ । (तस्वीर उपलब्ध छ)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












