जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द
बाजुरा, १९ चैत । बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् ।
साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिएको भनी पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्लाका निर्वाचित जनप्रतिनिधिसंग मुआब्जा नपाएको गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुँदा आजदेखि उक्त सडकखण्ड बन्द गरिएको जग्गा धनी धीरबहादुर सिंहले बताउनुभयो ।
खेतीयोग्य जमिनमा सडक निर्माणका मुआब्जा दिने गरी सम्झौता भएअनुसार हालसम्म जग्गाको मुआब्जा नपाएका ११ जना जग्गा धनीले सडक बाटो बन्द गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो, “जग्गाको मुआब्जा नपाएसम्म सडक बाटो नखोल्ने बताउनुभयो ।”
आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकमा सडक डिभिजन कार्यालयका प्रमुखलाई बोलाएर मुआब्जा उपलब्ध गराउन कानूनी उपचार खोज्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभएको छ ।
उहाँले जग्गा धनीसंग बैठक बसेर मुआब्जाका लगि पहल गर्ने भनिए पनि उनीहरुले सडक बन्द गर्नुको नियत भने बुझ्न नसकिएको र बन्द सडक सञ्चालनका लागि पहल भइरहेको बताउनुभयो ।
सडक बन्दका कारण जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन भने तिपाडामै रोकिएका छन् । मार्तडी आउने र मार्तडीबाट तराईतर्फ जाने यातायातका साधन वारिपारि नै रहेका छन् । बन्दले यात्रु अलपत्र परेको बताइएको छ । (तस्वीर उपलब्ध छ)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













