दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना, श्रीमान्सँगको झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म अाइपुग्ने
ललितपुर, २६ चैत । घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ ।
श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताइन् ।
प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छन् । उनी भन्छिन, “कति त नियमित जस्तै वर्षाैँदेखि यहाँ आइरहेका घटना पनि छन् ।”
महिला हिंसाका घटनामा सबैभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म आइपुग्छ । श्रीमान्ले कुटेको, खान नदिएको, बाहिर अर्की श्रीमती राखेको, सन्तानलाई बेवास्ता, विवाह र जन्मदर्ता नगराएकोेलगायतका समस्या लिएर महिला आउने गरेका हुन् ।
पहिले श्रीमान्लाई कारवाही माग गर्ने महिलापछि भने आफैँ छुटाउन लाग्छन् ।उनी बताउछिन्, “श्रीमान् दोषी देखिएमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्छ तर छुटाउन श्रीमती नै आइपुग्छन् ।” प्रहरीसम्म आएका घटनामा श्रीमान्–श्रीमतिको अलग्गिन चाहेको र मिल्न सक्ने अवस्था नहुँदामात्रै सम्बन्धविच्छेदका लागि अदालत पठाउँछ । अधिकांश घटनामा भने एकपटक प्रहरीसम्म आएका मुद्दा नै बारम्बार दोहोरिन्छन् ।
शिक्षित वर्ग र शहरी क्षेत्रका उच्च वर्गका मानिसको कममात्रै मुद्दा आउँछ । केन्द्रमा सबैभन्दा बढी न्यून र मध्यम वर्गीय परिवारका घरायसी समस्या आउने गरेका छन् । साउनदेखि यतामात्रै १३३ वटा घरायसी झगडा केन्द्रमा आएका छन् ।
रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












