कर्णाली राजधानीमा खानेपानीको समस्या

सुर्खेत २६ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक ५४ लाख लिटर पानी अभाव हुन थालेको छ । प्रदेशको राजधानी तोकिएसँगै त्यहाँको बढ्दो सहरीकरण जनसंख्या बढ्दै गएपछि खानेपानी अपुग हुन थालेको हो । वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक एक करोड ८८ लाख लिटर खानेपानी आवश्यक भएपनि सुर्खेत उपत्यका खानेपानी संस्थाले दैनिक १ करोड ३३ लाख लिटर खानेपानी मात्र उपलब्ध गराउँदै आएको छ ।
सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमूख डम्मरबहादुर गौतमले जनाए । उपत्यकामा झुप्रा खोला, खरिखोला, बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुलेबाट खानेपानी उपलब्ध गराउँदै आएको छ । गर्मीयाम सुरु भए पछि वीरेन्द्रनगरमा खानेपानी अभाव अझ बढ्न सक्ने अनुमान गरिएको छ । ‘विगतका वर्षहरुमा खानेपानी ९६ घण्टामा एक पटक उपलब्ध भएको छ’ गौतमले भने, ‘स्रोतमा आउने कमीका आधारमा पनि पानीको आपुर्ति घटबढ हुनसक्छ ।’
उपत्यका खानेपानीको मुख्य स्रोत मानिएको झुप्रा खोलाको मुहानमा नियमित ७६ लिटर प्रतिसेकेण्ड उपलब्ध भएपनि सुख्खायाम उक्त मुहानमा ५५ लिटर प्रतिसेकेण्ड पुग्दा उपत्यकामा खानेपानी अभाव बढ्ने गरेको छ । पुरानो लाइनका पाइपहरु जिर्ण हुँदै गएपछि हुने खानेपानी चुहावटले पनि उपत्यकाको खानेपानीमा असर गरेको कार्यालय प्रमूख गौतमले बताए ।
खानेपानी वितरण लाईनका केही स्थानमा पाइपहरु पुराना भई जिर्ण हुँदै गएपछि पानी चुहावट भएको बताइएको छ । संस्थाले वीरेन्द्रगरमा हाल २४ घण्टामा एक पटक उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











