स्थानीय पाइलट अभावले पूर्वका प्याराग्याइडिङ उडान बन्द

इटहरी, २६ चैत । धरानमा पहिलोपटक प्याराग्याइडिङ परीक्षण गरेका राम राई र पहिलोपटक सरकारी इजाजत लिएर व्यावसायिक उडान भर्ने रोशन अधिकारी दुवैका प्याराग्याइडिङ उडान बन्द भएका छन् ।
स्थानीय पाइलटको अभावका कारण प्याराग्याइडिङ उडान बन्द गरेका हुन । बुढासुब्बा प्याराग्याइडिङ नामक प्याराग्याइडिङ कम्पनीका सञ्चालक राई र धरान स्काइ एडभेन्चर प्याराग्याइडिङका सञ्चालक अधिकारीले उडान नगरेको हप्तौँ भइसकेको छ ।
बुढासुब्बा प्याराग्याइडिङले अहिले दर्ता नविकरण समेत गरेनका छैन् । भेडेटार धरानको आकाशमा प्याराग्याइडिङ गरेर पूर्वमा व्यावसायिक प्याराग्याइडिङ गरेका दुवै कम्पनी बन्दको अवस्थामा छन् ।
धरानमा पोखरा, भारत र तेस्रो देशका प्याराग्याइडिङ पाइलटहरू ल्याउँदा महँगो पर्ने धरान स्काइ एडभेन्चर प्याराग्याइडिङका सञ्चालक रोशन अधिकारी बताउँछन ।
टाढाका पाइलट आउँदा महँगो पर्ने र नियमित ग्राहकहरू नआएपछि पाइलट पाल्नै समस्या हुने अधिकारीको बताए । हरेक पाइलटले एक उडानमा ३५ सय लिने र खानबस्ने सुविधाहरू माग्ने भएकाले उडान महँगो पर्छ । महँगो उडान भएपछि सामान्य आय भएकाहरु उड्दैनन् । र, व्यावसायिक सञ्चालनमा समस्याहरू आउँछन् ।
यस्तैगरी, धरानका दुवै प्याराग्याइडिङ कम्पनीहरू बन्दको अवस्थामा पुग्ने अर्को कारण हो ।
पूर्वमा पहिलोपटक उडान र व्यावसायिक प्याराग्याइडिङ सञ्चालन गरेका धरानका प्याराग्याइडिङ कम्पनी आएपछि ओखलढुंगा, ताप्लेजुङ र उदयपुर जस्ता स्थानमा पनि प्याराग्याइडिङका सफल परीक्षणहरू भए । तर, स्थानीय पाइलट उत्पादन नभएको अवस्थामा सरकारी कर र उडान अभावले कम्पनीहरू चल्न नसक्ने देखिएको छ ।
यसको समाधानका लागि स्थानीय पाइलटहरू उत्पादन गर्नु राम्रो विकल्प भएको धरानस्काइ एडभेन्चरका सञ्चालक तथा धरान १ का वडाध्यक्ष रोशन अधिकारीले बताउनु भयाे । अधिकारीका अनुसार स्थानीय पाइलट भएपछि हाल लिँदै आएको फोटो भिडियोसहितको ७ हजार शुल्क आधामा आउँछ । र, त्यो शुल्कमा जो कोहीले वर्षमा एक दुई उडान गर्न सक्छन् । स्थानीय पाइलट भएपछि पार्ट टाइम उडान गरेर आम्दानी गर्न युवाहरूलाई पनि सहज हुने अधिकारीले बताए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












