सेवाग्राहीले घुस माग्ने जिल्ला वन अधिकृतलाई कार्यकक्षमै थुने

रामेछाप, २७ चेत । सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले थुनिदिएका छन् । आक्रोशित सेवाग्राहीले उनलाई कार्यकक्षमै थुनेका हुन् ।
मगंलवार दिउँसो सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमति दिने बताएका थिए । तर, त्यसबापत ५ लाख रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग मागेका थिए ।
सेवाग्राहीले कार्यकक्षमा ताल्चा लगाएर उनलाई थुनिदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका थिए । अधिकृत रोएको आवाज कार्यकक्ष वाहिरसम्म नै सुनिएको थियो । वन अधिकृतलाई ताल्चा लगाउने समयमा सेवाग्राहीले संचारकर्मीलाई समेत वोलाएका थिए । पछि जिल्ला वन अधिकृतसँग सञ्चारकर्मीले जानकारी लिन खोज्दा वन अधिकृत ठाकुरले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
२०६८ सालमा वन कार्यालयले व्यक्तिका कान्लाका खयर जातका काठहरु काट्नका लागि हिमाली कच्चा उद्योग हाँसपोसा, इटहरीलाई अनुमति दिएको थियो । काठ काट्ने अनुमति पाएपछि उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवास, लगाएतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेका थिए
।
कटान गरिएका काठहरु मध्ये ४ सय ९० क्युफिट गोलीका काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिए पछि ती काठहरु २०६८ सालमा नै लगियो । तर पछि कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो ।
काठ लैजान नपाएपछि कम्पनीले महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिएका थिए । उद्योगले गौतमलाई अनुमति दिए पनि वन कार्यालयले भने हालसम्म काठ लैजाने अनुमति दिएको छैन ।
गौतमले बताए अनुसार बाँकी रहेका काठ लैजान पटक–पटक वन कार्यालयमा धाउँदा पनि काठ लैजान अनुमति दिन अधिकृतले १० लाख रुपैयाँ मागेका थिए । सुरुमा ५ लाख रुपैयाँ गौतमसँग लिएका अधिकृत ठाकुरले क्षेत्रिय वन कार्यालय हेटौडामा कागजात मिलाउँनु पर्ने भन्दै गौतमको सवारीसाधन १४ पटक हेटौडा र रामेछाप ओहोरदोहोर गराएको थियाे ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











