बिदा कटाैतीकाे निर्णय फिर्ता लिन सरकारसँग माग
बागलुङ, २८ चैत । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग माग गरेकाे छ ।
परिषद्ले आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ ।
परिषद्का अध्यक्ष बोमबहादुर गुरुङले सम्बन्धित पक्षसँग परामर्शसमेत नगरी सरकारले एक पक्षीय ढंगले बिदा खारेजीको निर्णय गर्नु दुःखद रहेको बताएका छन् ।
“देश निर्माणमा ३६५ दिन नै हामी खट्न तयार छौँ”, उनले भने, “तर मौलिक पर्वमा दिइने बिदा कटौती जायज छैन ।”
अध्यक्ष गुरुङले सांस्कृतिक पर्व, रीतिरिवाज राज्यको सम्पत्ति भएको भन्दै त्यसको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले आदिवासी, जनजाति समुदायको भावनाको कदर हुनुपर्नेमा जोड दिदैं समृद्धिको नाममा संस्कृति र इतिहासलाई बिर्सन नमिल्ने बताए ।
महासंघ बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने सहितका विविध माग राखी अहिले शान्तिपूर्ण आन्दोलनमा छ ।
तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्वो ल्होसार, उधौली, उभौली, माघी लगायतका सांस्कृतिक पर्वमा गरिएको बिदा कटौतीको निर्णय फिर्ता लिनुपर्ने महासंघले जनाएको छ ।
महासंघले विभिन्न समयमा आदिवासी, जनजाति समुदायसँग सरकारले गरेका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्दै पहिचानको पक्षमा भएका आन्दोलनका क्रममा जेल परेका बन्दीको रिहाइएको माग गरेको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













