नुवाकाेटमा तीन सातादेखि टेलिफोन अवरुद्ध
नुवाकोट, २८ चैत । नेपाल टेलिकमको तारमा क्षति हँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ ।
तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हँदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् ।
गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिए।
उनका अनुसार खानेपानी विस्तारका लागि पाइप लाइन खन्ने क्रममा फोनको लाइनमा क्षति पुगेकाले मर्मत गरी सञ्चालनको प्रयास भइरहे पनि अझै एक साता लाग्ने अनुमान गरिएको छ ।
सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।
त्रिशूलीबाट कोलनी जाने सडक मार्गमा भूमिगत बिछ्याइएको टोलिफोन तारको करीब ६० मिटरमा क्षति पुगेको र तारको पाइपलाइनमा पानी छिरेर बाँकी आसापसमा समेत असर गरेकाले त्यसलाई परिवर्तन गरी सञ्चालन गर्न समय लागेको टेलिकम जिल्ला शाखाले जनाएको छ ।
“मर्मतका लागी क्षेत्रीय निर्देशनालय विकास शाखा, काठमाडाैंबाट प्राविधिक आउनुपर्ने भएकाले समय लागेको हो,” शाखा प्रमुख चौधरीले भने, “क्षतिको पहिचान र मूल्यांकन भइसकेकाले अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाउन लागिरहेका छौँ ।”
खानेपानीको पाइपलाइन विस्तारका क्रममा २८० थान ल्याण्डलाइन फोनसेवा र त्यसमार्फत सञ्चालन हँुदै आएको इन्टरनेट सेवा चैत ३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ ।
तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवम् स्वास्थ्य परामर्शका लागि टेलिफोनमार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् ।
फोन सेवा अवरुद्ध हँदा जिल्ला अस्पतालसहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवम् उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् । रासस
Comments
अरु समाचार
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका...












