त्रिवि एलुम्नाइको सदस्यता वितरण शुरु
काठमाडाै, २८ चैत । त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई संगठित गर्दै विश्वविद्यालयको उन्नयन तथा शैक्षिक र अनुसन्धानमूलक कार्यक्रमहरू विस्तारमा हातेमालो गर्न त्रिवि एलुम्नाइ एशोसिएशन गठन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार प्रा डा सुनिती हाडा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
एशोसिएशनको पहिलो सदस्यता त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रदान गरिएको छ भने दोस्रो र तेस्रो सदस्यता क्रमशः शिक्षाध्यक्ष सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीलाई प्रदान गरिएको छ । त्यस्तै, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमालगायत तीन दर्जन बढी एलुम्नाइहरूलाई सदस्यता वितरण भइसकेको त्रिविले जनाएको छ ।
सदस्यता ग्रहण गर्दै त्रिवि पूर्व उपकुलपति माथेमाले त्रिवि एल्मुनाइ एशोसिएशनलाई अझै धेरै संस्थागत गरेर ठोस कार्ययोजनासहित अगाडि बढेमा देश विदेशमा रहने त्रिवि एल्मुनाईहरूबाट आर्थिक एवं प्राज्ञिक सहयोग मिल्नसक्ने बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त एवं पूर्व सचिव कृष्णहरि बास्कोटाले एशोसिएशनको आजीवन सदस्यता ग्रहण गर्दै आफू पनि त्रिविको एलुम्नाई भएकाले आफू अध्ययन गरेको विश्वविद्यालयप्रति सदा अपनत्वको भावना रहने बताउनुभयो ।
उहाँले त्रिविमा सूचनाको हकको प्रचलन र प्रवद्र्धनका लागि एलुम्नाई एशोसिएशनले कार्ययोजना ल्याए राष्ट्रिय सूचना आयोग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त किरण पोखरेलले सदस्यता ग्रहण गर्दै त्रिवि एलुम्नाइले त्रिविमा प्राज्ञिक अनुसन्धानमूलक गतिविधि बढाउन संस्थागत सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो ।
त्रिवि एलुम्नाइ एशोेसिएशनले यही चैत महिनादेखि त्रिविका सबै पूर्व विद्यार्थीहरूलाई आजीवन सदस्यता खुल्ला गर्ने निर्णय गरेको तदर्थ समितिका महासचिव ऋदिश पोखरेलले जानकारी दिनुभयो । एशोसिएशनको विधानबमोजिम एशोसिएशनको अध्यक्ष त्रिवि सभाको पदेन सभासद् रहने व्यवस्था छ ।
त्रिवि स्थापनाको ५८ वर्षपछि त्रिविले पूर्व विद्यार्थीहरूलाई एलुम्नाइ एशोसिएशनमार्फत संगठित गर्ने र विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक एवं अनुसन्धानमूलक क्रियाकलापमा सहभागी गराउने नीति अगाडि ल्याएको त्रिवि उपकुलपति डा खनियाले बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













