सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
बेरुत, ३० चैत सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् ।
‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना र प्रहरीसमक्ष आफ्ना भारी हातहतियारसहित समर्पण गरेका बताइएको छ । यी लडाकूहरु बुधबार साँँझ उत्तरी सिरियाली सहर डुमा आइपुगेका बेलायतसँग आवद्ध द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । गुटा सहर छोडेर गएका ती विद्रोहीहरु अन्यत्र कुन स्थानमा गएका हुन सो भने प्रप्ट भएको छैन् ।
विद्रोही छोडेको गुटा सहर भने सरकारी सुरक्षा अधिकारीहरले नियन्त्रणमा लिएका बताइएको छ ।
सिरियामा जारी द्वन्द्वको क्रममा गत पाँच बर्षयता सिरियाको राजधानी दमासकसपछि गुटा अन्त्यन्त युद्ध प्रभावित क्षेत्रमा पर्दछ ।
सिरियाको गुटा सरहमा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणमा परी सयौ सर्वसाधारणको मृत्यु भएको थियो ।
सरकारको तर्फबाट भएको यस रासायनिक हतियार आक्रमणको अन्तर्राष्ट्रिय जगतमा नै विरोध भएको थियो ।
सिरियामा सन् २०११ को मार्चमा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको द्वन्द्व विभिन्न शिर्षक अझै पनि जारी रहेको छ ।
सो समयदेखि हालसम्म यस द्वन्द्वमा परी लाखौ व्यक्तिको मृत्यु भईसेकेको छ । लाखौ घाइते भएका छन भने, लाखौले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।
छिट्टै निर्णय लिइने अमेरिकी राष्ट्रपतिको भनाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा गरिने सम्भाव्य सैन्य कारबाहीबारे छिट्टै निर्णय लिइने बताउनु भएको छ ।
सिरियामा सरकार र रुसको सहयोगमा भएको रासायनिक हमलाविरुद्ध कस्तो सैन्य कारबाही गर्ने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको ट्रम्पले बताउनु भएको छ ।
सिरियाको डुमामा भएको भनिएको रासायनिक हमलाको अमेरिका र पश्चिमा देशहरुबीच छलफल भईरहेको उहाँले बताउनु भएको हो ।
गतहप्ता सिरियामा भएका केही हमलाहरूमा रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने भनि दिनु भएको चेतावनीको रुसले बदला लिने प्रतिक्रिया दिएको छ ।
पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ ।
अमेरिकाका लागि रुसी राजदूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावना बढ्ने बताएका छन् । तर उनले युद्ध रोक्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताएका छन् ।
तर उता सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएको छ ।
बिहीवार फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंन सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको प्रमाण आफूसँग भएको बताउनु भएको थियो ।
बेलयातको मन्त्रिपरिषद्ले थप रासायनिक हमला रोक्न सिरियामा कारबाही गर्नु पर्ने आवश्यकतामा सहमति जुटाएको बताइएको छ ।
बेलायतका प्रधानमन्त्री थेरेसा मे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रासायनिक आक्रमणको जवाफ दिनु पर्नेमा एक मत रहनु भएको र उहाँहरु यस विषय निकट रहेर काम गर्ने समेत बताइएको छ ।(रासस÷एएफपी)
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...













