सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
बेरुत, ३० चैत सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् ।
‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना र प्रहरीसमक्ष आफ्ना भारी हातहतियारसहित समर्पण गरेका बताइएको छ । यी लडाकूहरु बुधबार साँँझ उत्तरी सिरियाली सहर डुमा आइपुगेका बेलायतसँग आवद्ध द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । गुटा सहर छोडेर गएका ती विद्रोहीहरु अन्यत्र कुन स्थानमा गएका हुन सो भने प्रप्ट भएको छैन् ।
विद्रोही छोडेको गुटा सहर भने सरकारी सुरक्षा अधिकारीहरले नियन्त्रणमा लिएका बताइएको छ ।
सिरियामा जारी द्वन्द्वको क्रममा गत पाँच बर्षयता सिरियाको राजधानी दमासकसपछि गुटा अन्त्यन्त युद्ध प्रभावित क्षेत्रमा पर्दछ ।
सिरियाको गुटा सरहमा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणमा परी सयौ सर्वसाधारणको मृत्यु भएको थियो ।
सरकारको तर्फबाट भएको यस रासायनिक हतियार आक्रमणको अन्तर्राष्ट्रिय जगतमा नै विरोध भएको थियो ।
सिरियामा सन् २०११ को मार्चमा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको द्वन्द्व विभिन्न शिर्षक अझै पनि जारी रहेको छ ।
सो समयदेखि हालसम्म यस द्वन्द्वमा परी लाखौ व्यक्तिको मृत्यु भईसेकेको छ । लाखौ घाइते भएका छन भने, लाखौले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।
छिट्टै निर्णय लिइने अमेरिकी राष्ट्रपतिको भनाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा गरिने सम्भाव्य सैन्य कारबाहीबारे छिट्टै निर्णय लिइने बताउनु भएको छ ।
सिरियामा सरकार र रुसको सहयोगमा भएको रासायनिक हमलाविरुद्ध कस्तो सैन्य कारबाही गर्ने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको ट्रम्पले बताउनु भएको छ ।
सिरियाको डुमामा भएको भनिएको रासायनिक हमलाको अमेरिका र पश्चिमा देशहरुबीच छलफल भईरहेको उहाँले बताउनु भएको हो ।
गतहप्ता सिरियामा भएका केही हमलाहरूमा रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने भनि दिनु भएको चेतावनीको रुसले बदला लिने प्रतिक्रिया दिएको छ ।
पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ ।
अमेरिकाका लागि रुसी राजदूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावना बढ्ने बताएका छन् । तर उनले युद्ध रोक्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताएका छन् ।
तर उता सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएको छ ।
बिहीवार फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंन सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको प्रमाण आफूसँग भएको बताउनु भएको थियो ।
बेलयातको मन्त्रिपरिषद्ले थप रासायनिक हमला रोक्न सिरियामा कारबाही गर्नु पर्ने आवश्यकतामा सहमति जुटाएको बताइएको छ ।
बेलायतका प्रधानमन्त्री थेरेसा मे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रासायनिक आक्रमणको जवाफ दिनु पर्नेमा एक मत रहनु भएको र उहाँहरु यस विषय निकट रहेर काम गर्ने समेत बताइएको छ ।(रासस÷एएफपी)
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













