‘हिजो र आजका कथा’ प्रकाशित
काठमाडौँ, २ वैशाख । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् ।
डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भागीरथी श्रेष्ठ, भाउपन्थी, मञ्जु काँचुली, मनु ब्राजाकी, विश्वम्भर चञ्चल, परशु प्रधान, पद्मावती सिंह, चन्द्रकला नेवा, धु्रव सापकोटा, अनिता तुलाधर, बाबा न्यौपाने, राजेन्द्र विमल, राजेन्द्र थापा, शैलेन्द्र साकार र हरि अधिकारीका कथा छापिएका छन् ।
नेपाली साहित्यमा कथा लोकप्रिय विधामै पर्छ । गुरmप्रसाद मैनालीलाई नेपाली कथाको आदर्श मानिन्छ । क्रमशः पुष्करशम्शेर, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुलगायत कथाकारले कथा प्रवद्र्धनमा ठूलो टेवा दिए ।
पुस्तकमा छापिएर चर्चा कमाइसकेका र लोकप्रिय भइसकेका कथा समाविष्ट छन् जसका कथाकार हिजो र आजसम्म पनि क्रियाशील छन् ।
तिनको यही क्रियाशीलताको तस्वीर सो सङ्ग्रह रहेको कृतिका सम्पादक विमल भौकाजीले बताउनुभयो ।
“खास गरेर कोही समीक्षक वा समालोचकले कुनै कथाको विषयमा लेखिइिसकेपछि वा बोलिदिइसकेपछि मात्र त्यसलाई पाठकले पढ्ने प्रचलन मौलाइरहेको स्थिति छ ।
हामीले यो कथासङ्ग्रहमार्पmत पाठकलाई अलिक भिन्नै बाटो हिँडाउने प्रयास गरेका छौँ, ताकि समीक्षक–समालोचकले थोपरेको बाध्यताबाट पाठक वर्ग मुक्त होस्”, उहाँले भन्नुभयो । पुस्तकको मूल्य रु ४४५ छ । रासस
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...












