हनुमानढोकादेखि स्वयम्भूसम्मको पदयात्रा सुरु

काठमाडौं, २ वैशाख। काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश पर्यटकहरुबीच पुर्याउने उद्देश्यका साथ आइतबारदेखि पदयात्रा सुरु भएको हो ।
पैदल यात्राको पहिलो दिन आइतबार हनुमानढोकादेखि स्वयम्भूसम्मका सम्पदाहरुको सफाइ गरिएको छ । अभियानको एक कार्यक्रमका बीच बसन्तपुरमा शुभारम्भ गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले बसन्तपुरदेखि स्वयम्भूसम्म पैदल यात्रा गरेर यस क्षेत्रलाई विश्वका पर्यटकहरुको केन्द्र बनाउन चाहेको स्पष्ट पारे ।
उनले भने “सम्पदाको भण्डार रहेको काठमाडौंको सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्दै यसलाई पर्यटक उद्योगको रुपमा स्थागित गराउने योजना अन्तरगत पदयात्राको अभियान सुरु गरिएको हो ।”
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अभियानले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।
अभियान अन्तरगत वैशाख ३ गते विद्यार्थीहरुले पदयात्रा गर्नेछन । त्यसैगरी ४ गते विभिन्न खेलकुद अभियान, ५ गते फोटो पत्रकारहरुलाई त्यस क्षेत्रका सबै सम्पदाको अवलोकन गराउने र ६ गते हुलाक टिकट प्रर्दशनी गरिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
वैशाख ७ गते चित्रकला प्रर्दशनी हुनेछ भने ८ गते अभियान समापन गरिनेछ । काठमाडौंका स्थानीय सम्पदाहरुको उचित संरक्षण गर्न पनि अभियान सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । विश्व सम्पदा दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाको संयोजनमा सुरु गरिएको पैदल यात्रा ६ दिनसम्म चल्नेछ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












