कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
काठमाडौँ, ३ वैशाख । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ ।
सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट हुनुभएको हो ।
नेपाली सेनामा महिला चार हजार ६२ रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।
सहायक सेनानीमा विसं २०६१ सालमा भर्ना भई हाल कल्याणकारी निर्देशनालयमा कार्यरत सेनानी सुलोचनाले सेनाको उक्त प्रतिष्ठित कोर्ष गर्न पाउने पहिलो महिला भइ सैनिकको क्षेत्रमा नौलो इतिहास रचिने भएको छ ।
पच्चिसौँ कमाण्ड एण्ड स्टाफ कोर्षका लागि यस वर्ष सात महिलासहित ३०० सैनिक अधिकृतले प्रतिस्पर्धा गरेकामा ४९ जना छनोट भएका थिए ।
दश वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्षका लागि तीन पटक प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त कोर्ष सैनिक संगठनमा माथिल्लो तहमा पदोन्नति हुन अनिवार्य मानिन्छ । सहसेनानी र सेनानीले उक्त कोर्षका लागि प्रतिस्पर्धा गर्न पाउने सैनिक ऐनमा व्यवस्था छ ।
एउटै कोर्षमा सुलोचना र परिचित दम्पती
सुलोचनालाई उक्त कोर्ष आफ्ना पति सेनानी परिचित देउजासँगै एकैसाथ सहभागी हुने अवसरसमेत जुटेको छ ।
परिचित नेपाली सेनाको ४५औँ समूहमा तथा सुलोचना ४६औँ समूहमा भर्ना भएका अधिकृत हुनुहुन्छ ।
हामी दुवैले निकै मेहनत गरेर परीक्षा दिएकाले सफल भएका हौँ, निकै खुशी लागेको छ, यो कोर्षका लागि निकै ठूलो प्रतिस्पर्धा हुन्छ, यस पटकदेखि महिलाका लागि पनि ढोका खुल्ला भएको छ, सेनानी सुलोचनाले भन्नुभयो ।
पछिल्लो समय शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज विश्वका शक्तिशाली मुलुकका सेनाका लागि उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।
उक्त कलेजमा सञ्चालित २५औँ शृङ्खलाको कमाण्ड एण्ड स्टाफ कोर्षमा बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, बेलायत र अमेरिकासहित नौ मुलुकका १० विदेशी सैनिकको सहभागिता रहेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एकजनासहित उक्त कोर्षमा ६२ प्रशिक्षार्थीको सहभागिता छ । सेनानी सुलोचना एक्ली महिला प्रशिक्षार्थी हुनुहुन्छ ।
कलेजमा नेपालसहित १० देशका सेना
सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिनुभयो ।
अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकैस्थानमा एउटै कोर्षमा रहने आर्मी कमाण्ड एण्ड स्टाफ कलेज आफैँमा एउटा अनुपमस्थल हो । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ ।
आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकामा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ ।
सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवाधिकारको पालनाजस्ता विषयमा अनुभवी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एवं तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिनुभयो ।
शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ ।
उक्त कोर्ष शुभारम्भ गर्दै बलाध्यक्षरथी हेमन्तराज कुँवरले विश्वव्यापी सुरक्षा अवस्था, सुरक्षा चुनौती, नेतृत्व विकास र अनुसन्धानका विषयमा ज्ञान बढाउन कमाण्ड एण्ड स्टाफ कोर्ष निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












