डा.थापाको निधनपछि भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द

चितवन, ३ बैंशाख। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द भएको छ । बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको हवाइजहाज दुर्घटना परी निधन भएपछि न्यूरो सर्जरी सेवा बन्द गरेको हो ।
गएको फागुन २८ गते बंगलादेशबाट काठमाडौं आउँदै गरेको एयर बंगलाको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अवतरणका क्रममा भएको दुर्घटनामा डा. थापाको निधन भएको थियो । डा. थापा अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख थिए । उनी न्यूरो सर्जरी सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन फागुन २४ गते ढाका गएका थिए ।
डा. थापाको निधनपछि न्यूरोको ओपीडी ९बहिरंग० सेवामात्रै सामान्य चलेको छ । न्यूरोको ओपीडी अहिले डा.बेञ्जु प्रधानले हेर्दै आएकी छिन् । न्यूरोका बिरामी अस्पताल आउन नै कम भएका छन् । डा. थापाले हप्तामा २ दिन अपरेसन र ४ दिन ओपीडिमा बिरामी हेर्ने गरेका थिए ।
अस्पतालका जम्मा दुई जना न्यूरो सर्जन थिए । डा। बेन्जु रश्मी प्रधान डा. थापाकै विद्यार्थी हुन् । डा. बेन्जु नेपालकै पहिलो महिला न्यूरो सर्जन हुन् । तर उनी एक्लैले क्यान्सरका बिरामीहरुको न्यूरो सर्जरी गर्न नसक्ने भएकोले बिरामीहरु भर्ना गरिएको छैन ।
यस्ता बिरामीलाई मेडिकल कलेज र अन्य अस्पतालहरुमा रिफर गरिएको छ । अस्पतालका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. देजकुमार गौत्तमले, डा. थापा जतिको दक्ष चिकित्सक नेपालमा भेट्टाउन मुस्किल हुने बताउनु भयो।
डा. थापाले क्यान्सर अस्पतालमा सामान नभए पनि आफुले काम गर्ने निजी अस्पतालबाट समेत उपकरण ल्याएर बिरामीको अपरेसन क्यान्सर अस्पतलामा नै गर्ने गरेका थिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले भने, ‘अस्पतालमा न्यूरोको सेवा लगभग ठप्प जस्तै छ, एक जना बरिष्ठ न्यूरो सर्जनलाई ल्याउने तयारी थालेका छौं, सायद बैशाख महिना भित्रै आउनुहुन्छ होला ।’
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











