डा.थापाको निधनपछि भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द

चितवन, ३ बैंशाख। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द भएको छ । बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको हवाइजहाज दुर्घटना परी निधन भएपछि न्यूरो सर्जरी सेवा बन्द गरेको हो ।
गएको फागुन २८ गते बंगलादेशबाट काठमाडौं आउँदै गरेको एयर बंगलाको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अवतरणका क्रममा भएको दुर्घटनामा डा. थापाको निधन भएको थियो । डा. थापा अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख थिए । उनी न्यूरो सर्जरी सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन फागुन २४ गते ढाका गएका थिए ।
डा. थापाको निधनपछि न्यूरोको ओपीडी ९बहिरंग० सेवामात्रै सामान्य चलेको छ । न्यूरोको ओपीडी अहिले डा.बेञ्जु प्रधानले हेर्दै आएकी छिन् । न्यूरोका बिरामी अस्पताल आउन नै कम भएका छन् । डा. थापाले हप्तामा २ दिन अपरेसन र ४ दिन ओपीडिमा बिरामी हेर्ने गरेका थिए ।
अस्पतालका जम्मा दुई जना न्यूरो सर्जन थिए । डा। बेन्जु रश्मी प्रधान डा. थापाकै विद्यार्थी हुन् । डा. बेन्जु नेपालकै पहिलो महिला न्यूरो सर्जन हुन् । तर उनी एक्लैले क्यान्सरका बिरामीहरुको न्यूरो सर्जरी गर्न नसक्ने भएकोले बिरामीहरु भर्ना गरिएको छैन ।
यस्ता बिरामीलाई मेडिकल कलेज र अन्य अस्पतालहरुमा रिफर गरिएको छ । अस्पतालका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. देजकुमार गौत्तमले, डा. थापा जतिको दक्ष चिकित्सक नेपालमा भेट्टाउन मुस्किल हुने बताउनु भयो।
डा. थापाले क्यान्सर अस्पतालमा सामान नभए पनि आफुले काम गर्ने निजी अस्पतालबाट समेत उपकरण ल्याएर बिरामीको अपरेसन क्यान्सर अस्पतलामा नै गर्ने गरेका थिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले भने, ‘अस्पतालमा न्यूरोको सेवा लगभग ठप्प जस्तै छ, एक जना बरिष्ठ न्यूरो सर्जनलाई ल्याउने तयारी थालेका छौं, सायद बैशाख महिना भित्रै आउनुहुन्छ होला ।’
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












