कांग्रेस नेतृत्वलाई गिरोहले कठपुतली जसरी नचाएको छ ःप्रदीप पौडेल

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वलाई गिरोहले कठपुतली जसरी नचाएको बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले पार्टी सभापतिसम्म पुग्न कर छल्ने, कमिसन खोर, कालाबजारीहरुसँग दयामायाको भिख माग्नु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘जनतामा भिजेको नेतृत्व स्थापित गराउने कि गिरोहको कठपुतलीका रुपमा नचाउने नेतृत्व स्थापित गर्ने रु सोच्नु पर्ने बेला आएको छ ।’
प्रदीप गिरीले भने , कांग्रेस गुट होइन, गिरोहले चलाएको छ । त्यो गिरोहलाई आफ्ना दाइहरुसँग मतलब छ, सिद्धान्तसँग मतलब छैन । म माग गर्छु, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आजको ब्याख्याबारे सबै तहमा छलफल गरौं ।’
कांग्रेस नेतृत्वमा देखिएको प्रवृत्ति केलाउँदै पौडेलले भने, ‘कांग्रेसभित्र एउटा प्रवृत्ति छ सानो घेराले घेरिने ।’
पार्टीलाई प्राइभेट कम्पनी र कार्यकर्तालाई दास सम्झनेदेखि आर्थिक लाभलाई मात्र महत्व दिने आफ्नो फाइदाका लागि पार्टीलाई नै दाउमा थाप्लेसम्मका प्रवृत्ति रहेको उनले बताए । नेताका आसेपासे अझ दमनकारी हुने प्रवृत्ति रहेको भन्दै नेता पौडेलले भने, ‘यो प्रवृत्ति रहेसम्म पार्टी उभो लाग्दैन ।’
युवा नेताहरुको ‘६ भाइ’ समूहका एक सदस्य पौडेलले शीघ्र महाधिवेशन गर्न र क्रियाशील सदस्यहरुले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
उनले निर्वाचनको मात्र नभई समग्र कांग्रेसकै समीक्षा गर्न जरुरी रहेको बताएका छन् । हामीले भनेको राष्ट्रियता, समाजवाद, लोकतन्त्रको परिभाषा के हो प्रष्ट हुन आवश्यक छ’ उनले भने, ‘निर्वाचनपछि पनि समग्र समीक्षा नगरी यथास्थितिबाटै अघि बढ्ने हो भने आगामी चुनावमा यो पोजिसन पनि आउँदैन ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












