कांग्रेस नेतृत्वलाई गिरोहले कठपुतली जसरी नचाएको छ ःप्रदीप पौडेल

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वलाई गिरोहले कठपुतली जसरी नचाएको बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले पार्टी सभापतिसम्म पुग्न कर छल्ने, कमिसन खोर, कालाबजारीहरुसँग दयामायाको भिख माग्नु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘जनतामा भिजेको नेतृत्व स्थापित गराउने कि गिरोहको कठपुतलीका रुपमा नचाउने नेतृत्व स्थापित गर्ने रु सोच्नु पर्ने बेला आएको छ ।’
प्रदीप गिरीले भने , कांग्रेस गुट होइन, गिरोहले चलाएको छ । त्यो गिरोहलाई आफ्ना दाइहरुसँग मतलब छ, सिद्धान्तसँग मतलब छैन । म माग गर्छु, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आजको ब्याख्याबारे सबै तहमा छलफल गरौं ।’
कांग्रेस नेतृत्वमा देखिएको प्रवृत्ति केलाउँदै पौडेलले भने, ‘कांग्रेसभित्र एउटा प्रवृत्ति छ सानो घेराले घेरिने ।’
पार्टीलाई प्राइभेट कम्पनी र कार्यकर्तालाई दास सम्झनेदेखि आर्थिक लाभलाई मात्र महत्व दिने आफ्नो फाइदाका लागि पार्टीलाई नै दाउमा थाप्लेसम्मका प्रवृत्ति रहेको उनले बताए । नेताका आसेपासे अझ दमनकारी हुने प्रवृत्ति रहेको भन्दै नेता पौडेलले भने, ‘यो प्रवृत्ति रहेसम्म पार्टी उभो लाग्दैन ।’
युवा नेताहरुको ‘६ भाइ’ समूहका एक सदस्य पौडेलले शीघ्र महाधिवेशन गर्न र क्रियाशील सदस्यहरुले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
उनले निर्वाचनको मात्र नभई समग्र कांग्रेसकै समीक्षा गर्न जरुरी रहेको बताएका छन् । हामीले भनेको राष्ट्रियता, समाजवाद, लोकतन्त्रको परिभाषा के हो प्रष्ट हुन आवश्यक छ’ उनले भने, ‘निर्वाचनपछि पनि समग्र समीक्षा नगरी यथास्थितिबाटै अघि बढ्ने हो भने आगामी चुनावमा यो पोजिसन पनि आउँदैन ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












