साढे ३३ किलो सुन काण्डमा पुर्व डिआइजी पक्राउ : मृत्यु भएका तीन अाराेपिकाे हत्या भएकाे अाशंका
काठमाडौं,१० वैशाख । साढे ३३ किलो सुन तस्करीमा सँलग्न भएको आरोपमा पुर्व डिआइजी गोबिन्द निरौला पक्राउ परेका छन् । पक्राउ परेका निरौलालाइ बानेश्वर प्रहरी बृतमा राखिएको छ।
निरौला गत चैत २८ मा अवकाशमा गएका प्रहरी अधिकारी हुन् । दुबइबाट गत फागुन ९ गते तस्करले ल्याएको साढे ३३ किलो सुन गायव भएको थियो । सुन गाएब भएपछि सुन बोक्ने भरिया सनम शाक्यको फागुन १९ गते हत्या भएको थियो ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समिति निरौलालाई आज नियन्त्रणमा लिएको हो ।
सनम शाक्यको शव भेटिएको ४ दिनपछि थाइ एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भएको खबर आयो तर उनको हत्या कि मृत्यु भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
३३ किलो सुन काण्डकै पक्राउ परेका अर्का आरोपि प्रेमराज चौधरीले भने सिंहदरबार प्रहरी बृतमै आत्महत्या गरेका थिए।साढे ३३ किलो सुन काण्डका यी तीनै आरोपिको हत्या गरिएको आशंका गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान,अपराध महाशाखाका एसएसपी दिवेश लोहनी पनि सुन काण्डमा मुछिएका छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












