‘लिफ्ट’ गरेर खानेपानी ल्याइने
बागलुङ, ११ वैशाख। बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ ।
स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कूल रु ३२ करोड २५ लाखमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ ।
दुई वर्षभित्रै आयोजनाको काम सक्ने गरी तयारी अघि बढाइएको छ । आउँदो साता आयोजना निर्माणका लागि बोलपत्र आह्वान हुने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए । ‘टेण्डर’ प्रक्रिया सक्नेबित्तिकै आयोजना निर्माण शुरु हुनेछ । काठेखोलाको पानीलाई ‘लिफ्ट’ प्रणालीबाट तानेर बागलुङ नगरपालिका–३ रात्माटामा पर्याउने उनले बताए ।
काठेखोलादेखि ७०० मिटर माथि रात्माटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ । कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको खानेपानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । आयोजनाबाट ६० हजार उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले बताए । “आगामी २० वर्षसम्म सफा र स्वच्छ खानेपानी उपलब्ध हुन्छ”, उनले भने।
आयोजनाले नगरपालिकाका वडा नं १, २, ३ र ४ का उपभोक्तालाई चौबिसै घण्टा खानेपानीको सुविधा दिने लक्ष्य लिएको छ । बजार क्षेत्रबाहेकका गहते, बोक्से, सुल्डाँडा, रात्माटालगायत थप ९०० घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ । हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घुरधुरीले मात्र खानेपानीको सुविधा पाएका छन् ।
पुरानो आयोजनालाई पनि व्यवस्थित गरिने संस्थाका कार्यालय प्रमुख हिमाल शर्माले बताउनुभयो । डिभिजन कार्यालय र उपभोक्ता संस्था दुवैले संयुक्त रुपमा आयोजना निर्माणको अनुगमन गर्नेछन् । बागलुङ नगरपालिकामा २० वर्ष पुरानो आयोजनाका साथै केही वर्षअघि शुरु भएको दोस्रो साना शहरी खानेपानी आयोजना पनि सञ्चालित छ । पुरानो आयोजनाले बढ्दो मागलाई धान्न नसकेपछि ‘लिफ्ट’ प्रणालीको आयोजना निर्माण गर्न लागिएको हो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












