‘लिफ्ट’ गरेर खानेपानी ल्याइने
बागलुङ, ११ वैशाख। बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ ।
स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कूल रु ३२ करोड २५ लाखमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ ।
दुई वर्षभित्रै आयोजनाको काम सक्ने गरी तयारी अघि बढाइएको छ । आउँदो साता आयोजना निर्माणका लागि बोलपत्र आह्वान हुने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए । ‘टेण्डर’ प्रक्रिया सक्नेबित्तिकै आयोजना निर्माण शुरु हुनेछ । काठेखोलाको पानीलाई ‘लिफ्ट’ प्रणालीबाट तानेर बागलुङ नगरपालिका–३ रात्माटामा पर्याउने उनले बताए ।
काठेखोलादेखि ७०० मिटर माथि रात्माटामा बन्ने पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ । कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको खानेपानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । आयोजनाबाट ६० हजार उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले बताए । “आगामी २० वर्षसम्म सफा र स्वच्छ खानेपानी उपलब्ध हुन्छ”, उनले भने।
आयोजनाले नगरपालिकाका वडा नं १, २, ३ र ४ का उपभोक्तालाई चौबिसै घण्टा खानेपानीको सुविधा दिने लक्ष्य लिएको छ । बजार क्षेत्रबाहेकका गहते, बोक्से, सुल्डाँडा, रात्माटालगायत थप ९०० घरधुरीलाई खानेपानी उपलब्ध हुनेछ । हाल सञ्चालित आयोजनाबाट बजार क्षेत्रका तीन हजार २०० घुरधुरीले मात्र खानेपानीको सुविधा पाएका छन् ।
पुरानो आयोजनालाई पनि व्यवस्थित गरिने संस्थाका कार्यालय प्रमुख हिमाल शर्माले बताउनुभयो । डिभिजन कार्यालय र उपभोक्ता संस्था दुवैले संयुक्त रुपमा आयोजना निर्माणको अनुगमन गर्नेछन् । बागलुङ नगरपालिकामा २० वर्ष पुरानो आयोजनाका साथै केही वर्षअघि शुरु भएको दोस्रो साना शहरी खानेपानी आयोजना पनि सञ्चालित छ । पुरानो आयोजनाले बढ्दो मागलाई धान्न नसकेपछि ‘लिफ्ट’ प्रणालीको आयोजना निर्माण गर्न लागिएको हो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












