तथ्यपूर्ण समाचारका लागि कानूनी ज्ञान जरुरी
काठमाडौँ, १३ वैशाख । कानूनी तथा संवैधानिक विषयमा ज्ञानको अभावमा ऊर्जा क्षेत्र समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीदेखि लगानी गर्न चाहनेले समेत हैरानी खेप्नु परेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रसँग सम्बन्धित नीति, नियम तथा कानूनमा प्रष्टताको अभाव रहेकाले लगानीकर्ता र समाचार प्रसारण तथा सम्प्रेषणमा समेत समस्या देखापरेको जानकारी दिइएको थियो ।
नेपालको ऊर्जा क्षेत्रसँग जोडिएका कानूनी तथा नीतिगत विषयमा लामो समयदेखि वकालत गर्दै आएका कानून व्यवसायीले कानूनी विषयमा थप प्रष्टताको जरुरी रहेकामा जोड दिएका थिए ।
विद्युत् ऐन, विद्युत् नियमावली, विद्युत् नियमन आयोग ऐन, विद्युत् प्राधिकरण ऐन, लगानी बोर्डजस्ता ऐन तथा मन्त्रालयले तयार पारेका कार्यविधि तथा अन्य नियमावलीका साथै ऊर्जामा लगानी गर्न चाहने तथा समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीले समेत सम्बन्धित विषयमा विशेष ख्याल राख्नुपर्ने कानून उनीहरूको भनाइ थियो ।
कानून व्यवसायी नारायण चौलागार्इंले कानूनी विषय र त्यसको व्यावहारिक पाटोमा सञ्चारकर्मी विशेष चनाखो हुनुपर्ने बताउनुभयो । कानूनी प्रश्नमा जानकारी नहुँदा गलत सूचना तथा जानकारी समाजमा पुग्ने भएकाले त्यसले लगानीकर्तालाई समेत प्रभाव पार्ने उहाँको भनाइ थियो । अर्का कानून व्यवसायी अनुपराज उप्रेतीले जलविद्युत् तथा ऊर्जा क्षेत्र प्राविधिक र धेरै कानूनी विषय जोडिने क्षेत्र भएकाले पनि विशेष सजगता अपनाएरमात्रै सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
अर्का कानून व्यवसायी नवीन भण्डारीले नागरिकलाई सही र तथ्यपूर्ण सूचना दिनका लागि पनि सञ्चारकर्मीले ऊर्जा क्षेत्रका ऐन, नीति नियम तथा कानूनी विषयमा विशेष जानकारी राख्नुपर्ने बताउनुभयो ।
सेजनका अध्यक्ष पुष्पराज आचार्यले आर्थिक पत्रकारितामा संलग्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आफूहरुले फरक फरक विधामा तालीम, गोष्ठी तथा क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका ऊर्जा क्षेत्रमा कलम चलाइरहेका सञ्चारकर्मीको सहभागिता थियो ।(रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













