तथ्यपूर्ण समाचारका लागि कानूनी ज्ञान जरुरी
काठमाडौँ, १३ वैशाख । कानूनी तथा संवैधानिक विषयमा ज्ञानको अभावमा ऊर्जा क्षेत्र समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीदेखि लगानी गर्न चाहनेले समेत हैरानी खेप्नु परेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रसँग सम्बन्धित नीति, नियम तथा कानूनमा प्रष्टताको अभाव रहेकाले लगानीकर्ता र समाचार प्रसारण तथा सम्प्रेषणमा समेत समस्या देखापरेको जानकारी दिइएको थियो ।
नेपालको ऊर्जा क्षेत्रसँग जोडिएका कानूनी तथा नीतिगत विषयमा लामो समयदेखि वकालत गर्दै आएका कानून व्यवसायीले कानूनी विषयमा थप प्रष्टताको जरुरी रहेकामा जोड दिएका थिए ।
विद्युत् ऐन, विद्युत् नियमावली, विद्युत् नियमन आयोग ऐन, विद्युत् प्राधिकरण ऐन, लगानी बोर्डजस्ता ऐन तथा मन्त्रालयले तयार पारेका कार्यविधि तथा अन्य नियमावलीका साथै ऊर्जामा लगानी गर्न चाहने तथा समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीले समेत सम्बन्धित विषयमा विशेष ख्याल राख्नुपर्ने कानून उनीहरूको भनाइ थियो ।
कानून व्यवसायी नारायण चौलागार्इंले कानूनी विषय र त्यसको व्यावहारिक पाटोमा सञ्चारकर्मी विशेष चनाखो हुनुपर्ने बताउनुभयो । कानूनी प्रश्नमा जानकारी नहुँदा गलत सूचना तथा जानकारी समाजमा पुग्ने भएकाले त्यसले लगानीकर्तालाई समेत प्रभाव पार्ने उहाँको भनाइ थियो । अर्का कानून व्यवसायी अनुपराज उप्रेतीले जलविद्युत् तथा ऊर्जा क्षेत्र प्राविधिक र धेरै कानूनी विषय जोडिने क्षेत्र भएकाले पनि विशेष सजगता अपनाएरमात्रै सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
अर्का कानून व्यवसायी नवीन भण्डारीले नागरिकलाई सही र तथ्यपूर्ण सूचना दिनका लागि पनि सञ्चारकर्मीले ऊर्जा क्षेत्रका ऐन, नीति नियम तथा कानूनी विषयमा विशेष जानकारी राख्नुपर्ने बताउनुभयो ।
सेजनका अध्यक्ष पुष्पराज आचार्यले आर्थिक पत्रकारितामा संलग्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आफूहरुले फरक फरक विधामा तालीम, गोष्ठी तथा क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका ऊर्जा क्षेत्रमा कलम चलाइरहेका सञ्चारकर्मीको सहभागिता थियो ।(रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













