सवारी दुर्घटना दुईको मृत्य, १० यात्रु घाइते
इटहरी, १७ वैशाख। झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन् ।
तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा सोही माइक्रो बसमा यात्रारत झापा भद्रपुर–१५ की ५१ वर्षीया उमा निरौला र सोही ठाउँकी ५२ वर्षीया श्याम कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु प्रहरीले बताएको छ ।
दुर्घटनामा परी घाइते भएका माइक्रो चालक झापा दमक–५ का धीरज न्यौपाने र सहचालक धनुषाका दीपक पाण्डे, यात्रीहरु दमक–९ की नरमाया तामाङ, भद्रपुरकी सावित्री राई, मञ्जु तामाङ, नारायण वैद्य, प्रकाश कोइराला दमक–८ की विमला मैनाली बिर्तामोड–८ की पुण्यकुमारी विष्ट काठमाडौँ गोठाटारकी पुनम लामालगायतका अन्य घाइतेको विराटनगरको गोल्डेन अस्पतालमा उपचारार्थ पु¥याइएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये केहीलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचारार्थ पु¥याइएको पनि ट्राफिक प्रहरीले बताएको छ । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।
तीव्र गति र पानी परिरहेको समयमा भएको दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचार भइरहेको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । मृतकको शव विराटनगरको गोल्डेन अस्पतालमा रहेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













