सवारी दुर्घटनामा परी दुईको मृत्यु, दुई घाइते
पर्सा, १७ वैशाख । पर्साको पोखिरया नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
पोखरिया नगरपालिका–४ स्थित कृष्ण आयल स्टोर अगाडिको सडक छेउमा खडा रहेको ना४त ९६०७ नंको ट्र्याक्टरको टेलरमा नम्बर प्लेट नै नभएको चार जना सवार मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएका हुन् ।
बिहान करिव १ बजेको समयमा पोखरियाबाट वीरगन्जतर्फ आउँदै गरेको चार जना सवार मोटरसाइकलले मर्मतका लागि सडक छेउमा खडा रहेको ट्र्याक्टरको टेलरमा ठक्क दिँदा दुईको मृत्यु र दुई घाइते भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।
मृतकको परिचय हालसम्म खुल्न नसकेको बताउँदै उहाँले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जिरा भवानी गाउँपालिका निवासी रामबाबु मुखिया विणको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा र सोही स्थान निवासी धनलाल मुखिया विणको वीरगन्जकै नेशनल मेडिक शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।
घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिचय हालसम्म खुल्न नसकेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । मृतकका शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ । मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको मोटरसाइकलाई चालकले नियन्त्रण गर्न नसकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













