रोकिएन वैदेशिक रोजगारीमा ठगी
काठमाडौँ, २३ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गर्नुभयो । हरि नामको मान्छेलाई उहाँले भेट्नु भएपछि उहाँ काठमाडौँकै रोजगारदाता कम्पनीमा पुग्नुभयो ।
कम्पनीमा पुग्नुभएको एक हप्तापछि नै उहाँको विदेश जानका लागि प्रक्रिया अघि बढाइयो । प्रक्रिया बढाएको एक महिना नबित्दै उहाँ कुवेत पुग्नुभयो । पीडित थापा भन्नुहुन्छ, “सरकारले फ्री भिसा फ्री टिकट भनेको मात्र रहेछ, रोजगारदाता कम्पनीले एक लाख ७० हजार असुलेको थियो ।” उहाँ थप्नुहुन्छ, “उताबाट राम्रो तलब र खान बस्नको सुविधा भने पनि यता न भनेको सुविधा छ न त तलब नै ।” सरकारले भनेको कुरा नीतिमा मात्र सीमित भएको गुनासो उहाँ पोख्नुहुन्छ ।
थापाजस्तै उक्त कम्पनीमा हजारौँ युवा उस्तै समस्या भोग्न बाध्य छन् । उनीहरुको समस्या सुन्ने न त कुनै आधिकारिक निकाय छ न त दूतावासमा नै गएर आफ्नो गुनासो सुनाउन सक्छन् । कसैसँग आफ्नो गुनासो सुनाए बेरोजगार बनाएर छाडिदिने गरेको गुनासो उक्त कम्पनीमा कार्यरत काभ्रेकै अर्का पीडितले बताउनुभयो ।
केही दिनअघिको घटनालाई स्मरण गर्दै उहाँले सुनाउनुभयो, “कम्पनीले वार्षिकोत्सवको आयोजना गरेको थियो, सो समारोहमा सहभागी गराइएकामध्ये दुई÷तीन जनाले कम्पनीमा आफूले भोग्नुपरेको समस्या बताउँदा कामबाटै निकालियो ।”
कम्पनीमा काम गर्ने कामदारलाई आठ घण्टा मात्र काम लगाउने भन्ने सम्झौतापत्रमा उल्लेख भए पनि दैनिक १२ घण्टासम्म काम गराउने गरेको उहाँले जानकारी दिनुभयो । नेपालबाट रोजगारदाता कम्पनीले पनि मनोमानी रुपमा काम गरिरहेकोे गुनासोसमेत उहाँले पोख्नुभयो । हाल उक्त कम्पनीमा नेपाली, भारतीय र इजिप्टका गरी छ हजारभन्दा बढी पीडित रहेको पीडित सन्तोषले बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीका लागि जानेका लागि ल्याएको फ्री भिसा फ्री टिकट व्यावहारिक हुन नसक्ने वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । गुरुङ भन्नुहुन्छ, “रोजगारदाता कम्पनीका लागि सरकारले नै छुट्टै व्यवस्था ल्याए मात्र व्यावहारिक हुन सक्छ ।”
कुनै एउटा कम्पनीले गरेको गलत कामका आधारमा सबैलाई गलत भन्न नमिल्ने उहाँले बताउनुभयो । “यदि कुनै कम्पनीले ठगी गरेको खण्डमा रोजगारदाता कम्पनीलाई खारेजसमेत गरिन्छ,” उहाँले थप्नुभयो । श्रमिकले दुःख पाउनुमा रोजगारदाता कम्पनी, श्रमिकले काम गर्ने कम्पनी र विदेशी राजदूतावास पनि जिम्मेवार हुने गरेको उहाँको ठम्याइ छ । सरकार, रोजगारदाता कम्पनी र राजदूतावास समन्वय गरेर हिँड्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगार विभागले श्रमिकलाई ठक्ने कम्पनीलाई तीन पटकसम्म सजायको भागिदार बनाइने तर चौथोपटकमा भने खारेज गरिने विभागका प्रमुख भुवन आचार्यले बताउनुभयो ।
विभागले गर्न लागेको भावी योजनाका बारेमा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा संलग्न नेपाली एजेन्टलाई कारबाहीको दायरामा ल्याउन देशभित्रका जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानको व्यवस्था गर्न लागिएको छ ।”
मन्त्रिपरिषद्को निर्णयअनुसार छ वटा प्रदेशमा पनि संरचना विस्तारका लागि तयारी भइरहेको छ । रोजगारदाता कम्पनी मात्र नभई श्रमिक स्वयम् पनि वैदेशिक रोजगार ठगीमा महत्वपूर्ण ठहरिन्छन् । ठगिनुको प्रमुख कारणमध्ये अशिक्षितले नजानेर र शिक्षित छिट्टै रोजगारी पाउने लालसा पनि हुन सक्छन् । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













