करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै
डडेल्धुरा, २७ वैशाख । डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ ।
डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रवि केसीले जानकारी गराए ।
एक हजार ३०० धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना शहरी खानेपानी योजनाको काम थालिएको उक्त समितिका सचिव देवकी भट्टले बताए । रु ३० करोड ६२ लाखको लागतमा सो आयोजनाको निर्माण थालिएको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ ।
एक हजार ३०० धाराबाट खानेपानी वितरण गर्ने योजना भए पनि मूलबाट आएको पानीबाट एक हजार ५०० सम्म धारा राख्न सकिने खलङ्गा उक्त उपभोक्ता समितिका सचिव देवकी भट्टले जानकारी गराए । नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्भेक्षणका आधारमा खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा एक हजार ३०० धारा आवश्यक पर्नेछ ।
अठार महिनामा काम सम्पन्न गर्ने गरी सो योजना निर्माण गर्न लागिएको हो । सदरमुकाम खलङ्गाबाट वितरण गरिने खानेपानी योजनाको मुहान १९ किलोमिटर ५०० मिटर टाढा अमरगढी–२ मा छ । अरगढी–२ को मतरे, लामासेन र अनारबे भन्ने खोलाको मूलबाट पानी संकलन गरी योजना निर्माण भइरहेको सचिव भट्टले जानकारी गराए ।
अमरगढी बजार क्षेत्रको खलङ्गा, बागबजार, कीर्तिपुर, थोफानडाँडो क्षेत्रमा एक हजार ३०० घरधुरीका लागि धारा आवश्यक छ । गर्मियाममा पानीको समस्या भएका बेला पानी पर्याप्त पानि भए सदुरमुकाममा अझ बढी जनसंख्या थपिने आयोजनाले जनाएको छ । सुख्खायाममा खानेपानीको समस्या भोग्दै आएका सर्वसाधारण तथा व्यापारीले पनि सहजै पानी उपभोग गर्न पाउने योजना निर्माण कम्पनीले जनाएको छ ।
सर्भेक्षणमा मात्र दुई महिना खर्चेको निर्माण कम्पनी चाँदनी कन्स्ट्रक्सनले अहिले इन्टेक निर्माणका लागि आवश्यक सामग्री जुटाइरहेको छ भने वितरण केन्द्र खलङ्गामा पनि ट्याङ्की निर्माण कार्यको थालनी भइसकेको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













