करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै
डडेल्धुरा, २७ वैशाख । डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ ।
डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रवि केसीले जानकारी गराए ।
एक हजार ३०० धाराबाट पानी वितरण गर्न सदरमुकाममा साना शहरी खानेपानी योजनाको काम थालिएको उक्त समितिका सचिव देवकी भट्टले बताए । रु ३० करोड ६२ लाखको लागतमा सो आयोजनाको निर्माण थालिएको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ ।
एक हजार ३०० धाराबाट खानेपानी वितरण गर्ने योजना भए पनि मूलबाट आएको पानीबाट एक हजार ५०० सम्म धारा राख्न सकिने खलङ्गा उक्त उपभोक्ता समितिका सचिव देवकी भट्टले जानकारी गराए । नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्भेक्षणका आधारमा खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा एक हजार ३०० धारा आवश्यक पर्नेछ ।
अठार महिनामा काम सम्पन्न गर्ने गरी सो योजना निर्माण गर्न लागिएको हो । सदरमुकाम खलङ्गाबाट वितरण गरिने खानेपानी योजनाको मुहान १९ किलोमिटर ५०० मिटर टाढा अमरगढी–२ मा छ । अरगढी–२ को मतरे, लामासेन र अनारबे भन्ने खोलाको मूलबाट पानी संकलन गरी योजना निर्माण भइरहेको सचिव भट्टले जानकारी गराए ।
अमरगढी बजार क्षेत्रको खलङ्गा, बागबजार, कीर्तिपुर, थोफानडाँडो क्षेत्रमा एक हजार ३०० घरधुरीका लागि धारा आवश्यक छ । गर्मियाममा पानीको समस्या भएका बेला पानी पर्याप्त पानि भए सदुरमुकाममा अझ बढी जनसंख्या थपिने आयोजनाले जनाएको छ । सुख्खायाममा खानेपानीको समस्या भोग्दै आएका सर्वसाधारण तथा व्यापारीले पनि सहजै पानी उपभोग गर्न पाउने योजना निर्माण कम्पनीले जनाएको छ ।
सर्भेक्षणमा मात्र दुई महिना खर्चेको निर्माण कम्पनी चाँदनी कन्स्ट्रक्सनले अहिले इन्टेक निर्माणका लागि आवश्यक सामग्री जुटाइरहेको छ भने वितरण केन्द्र खलङ्गामा पनि ट्याङ्की निर्माण कार्यको थालनी भइसकेको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













