महोत्तरी कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दीका कारण समस्या
गौशाला, १ जेठ । महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी छन् ।
एक सय पैतिस जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले ४४६ जना कैदी तथा बन्दी रहेको जेलर शोभेन्द्र ठाकुरले बताए । उनका अनुसार आज बिहानसम्म जलेश्वर कारागारमा ३९२ पुरुष, ५२ महिला र दुई आश्रित बालबालिका गरी जम्मा ४४६ जना कैदी तथा बन्दी छन् ।
करीब १५५ वर्ष पहिले १३५ जना कैदी तथा बन्दी राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कारागारमा आज क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी रहेकाले यहाँ कैदी तथा बन्दीलाई विभिन्न समस्या हुने गरेको जेलर ठाकुरले बताए ।
भित्री कारागार प्रशासनको जिम्मेवारी सम्हाल्ने चौकीदार श्रीनारायण महतोका अनुसार क्षमता भन्दा बढी कैदी तथा बन्दीको चापले उनीहरूलाई सुत्न, बस्न र खाने बेलामा समस्या हुन्छ भने शौचालय, पानी र अन्य विण्भिन्न समस्यासमेत हुने गरेकाले धान्नै मुस्किल भएको छ ।
उनका अनुसार कैदी तथा बन्दी पुरा समय सुत्न नपाउँदा पालो कुर्नुपर्छ भने एक व्यक्तिका लागि १६ इन्च मात्र सुत्ने ठाउँ भएकाले श्वास प्रश्वासमा समस्या हुन्छ । ठाउँ अभावका कारण भित्रको बाटोघाटोमा समेत उनीहरू सुत्नुपर्ने, खाना खाने बेलामा हातमा थाल राखेर खानुपर्नेजस्ता समस्या छन् ।
त्यस्तै शौचालयका लागि आधा–आधा घण्टासम्म पालो कुर्नुपर्ने, नुहाउनका लागि पालो कुर्नुपर्ने र लुगा धुन, खाना पकाउनसमेत निकै कठिनाइको सामना गर्नुपरेको चौकीदार महतोको भनाइ थियो ।
कारागारमा क्षमताभन्दा निकै बढी कैदी तथा बन्दी भएकैले समय समयमा बिरामीका कारण अन्यमा संक्रमण हुने गरेको छ ।
डेढसय वर्ष भन्दा पनि पुरानो भौतिक संरचना रहेको यस कारागार अति जीर्ण भइसकेको तथा जलेश्वर नगरकै सबैभन्दा गहिरो स्थान बन्न पुगेकाले वर्षात्का बेला कारागारको पानी बाहिर ननिस्कने तथा बाहिरका पानीसमेत यसै कारागारमा प्रवेश गर्दा कैदीबन्दीलाई झन बढी संक्रमण हुने गरेको जेल प्रशासनले जनाएको छ ।
कारागारभित्र पुरुषतर्फ १६ वटा र महिलातर्फ चार वटा कोठा रहेको, पुरुषतर्फ नौ र महिलातर्फ दुई गरी ११ वटा शौचालय, छ वटा खानेपानी पाइप र दुई वटा धारा कैदी तथा बन्दीका लागि अप्रयाप्त छ ।
बढी चापका कारण पूर्वाधारको अभावका साथै स्वास्थ्य समस्यासमेत थपिने खतरा बढ्दै गएकाले कैदी तथा बन्दीहरूले उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।
यस सम्बन्धमा कारागार कार्यालयका जेलर ठाकुरले आफू कारागार तथा कैदीबन्दीको सम्पूर्ण समस्याका बारेमा कारागार व्यवस्थापन विभाग लगायतका निकायमा समय समयमा जानकारी गराउनुका साथै व्यवस्थापनका लागि माग गर्दै आएको बताए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












