खराब वित्तीय ‘रेटिङ’ पाएको शुभम पावरको शेयर निस्कासन
काठमाडौं,८ जेष्ठ । शुभम् पावर कम्पनीले प्रभावित क्षेत्रका लागि दुर्इ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ।
प्रभाविक क्षेत्रका लागि निष्काशन गरेको कम्पनीकोइक्रा रेटिङ ‘ग्रेड ५’ रहेको छ। यो ग्रेड सबैभन्दा कमजोर कम्पनीको लागि हो। कम्पनीको शेयर संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं १५ का वासिन्दाले आवेदन दिन पाउने छन्।
धितोपत्र बोर्डले यस्ता खराव कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा आह्वान पत्रको सबैभन्दा माथि खराब कम्पनीको रुपमा चित्रण गर्नु पर्ने निर्देशन दिएको भए पनि साविक अन्य राम्रा कम्पनी निष्काशन गरेको जस्तै आह्वान पत्र निष्काशन गरेको छ।
एक मेगावाट क्षमताको यो आयोजना २०६८ सालमा नै संचालनमा आएको भए पनि २०७३ सालमा चट्याङ र बाढीका कारणले उत्पादन रोकिएको थियो। खराब ग्रेड रहेको यस कम्पनीका शेयरधनीले आफ्नो लागत फिर्ता पाउन १६ वर्ष पर्खनु पर्नेछ।
प्रभावित क्षेत्रमा नै विद्युत बिक्री हुने यस आयोजना ३० वर्षपछि सरकारले लिने छ।कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ। संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहेने छ। कम्पनीले जेठ २० गतेदेखि छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म बिक्री खुला गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिविआर्इएल क्यापिटलले जनाएको छ। आवेदनको लागि कम्पनीको कार्यालय संखुवासभा चैनपुर, एनएमबि माकइक्रोफाइनान्स, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र सेञ्चुरी बैंक रहेका छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












