खराब वित्तीय ‘रेटिङ’ पाएको शुभम पावरको शेयर निस्कासन
काठमाडौं,८ जेष्ठ । शुभम् पावर कम्पनीले प्रभावित क्षेत्रका लागि दुर्इ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ।
प्रभाविक क्षेत्रका लागि निष्काशन गरेको कम्पनीकोइक्रा रेटिङ ‘ग्रेड ५’ रहेको छ। यो ग्रेड सबैभन्दा कमजोर कम्पनीको लागि हो। कम्पनीको शेयर संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं १५ का वासिन्दाले आवेदन दिन पाउने छन्।
धितोपत्र बोर्डले यस्ता खराव कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा आह्वान पत्रको सबैभन्दा माथि खराब कम्पनीको रुपमा चित्रण गर्नु पर्ने निर्देशन दिएको भए पनि साविक अन्य राम्रा कम्पनी निष्काशन गरेको जस्तै आह्वान पत्र निष्काशन गरेको छ।
एक मेगावाट क्षमताको यो आयोजना २०६८ सालमा नै संचालनमा आएको भए पनि २०७३ सालमा चट्याङ र बाढीका कारणले उत्पादन रोकिएको थियो। खराब ग्रेड रहेको यस कम्पनीका शेयरधनीले आफ्नो लागत फिर्ता पाउन १६ वर्ष पर्खनु पर्नेछ।
प्रभावित क्षेत्रमा नै विद्युत बिक्री हुने यस आयोजना ३० वर्षपछि सरकारले लिने छ।कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ। संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहेने छ। कम्पनीले जेठ २० गतेदेखि छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म बिक्री खुला गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिविआर्इएल क्यापिटलले जनाएको छ। आवेदनको लागि कम्पनीको कार्यालय संखुवासभा चैनपुर, एनएमबि माकइक्रोफाइनान्स, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र सेञ्चुरी बैंक रहेका छन्।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












