सगरमाथा चढ्न सघाउने एक अनुभवी गाइड शेर्पाको लडेर मृत्यु
काठमाडौं ८, जेष्ठ । सगरमाथा आरोहीलाई सघाउने क्रममा एक नेपाली गाइडको मृत्यु भएको छ ।
सोमबार राति सगरमाथाको दोस्रो शिविर नजिकैको खोँचमा खसेर ३८ वर्षीय दमाइ सार्की शेर्पाको मृत्यु भएको हो ।
आरोहीहरुलाई सघाउन गएका शेर्पा इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड्स एसोसिएनबाट लाइसेन्स प्राप्त अनुभवी गाइड हुन् ।
खोचमा खसेका शेर्पाको उद्धार गरिए पनि केहि घण्टापछि उनको निधन भएको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट एक्सिपडिसन कम्पनीका प्रवक्ता निभेष कार्कीले जनाएका छन् ।
यो सिजनमा यसअघि नै तीन जना आरोहीको सगरमाथा चढ्ने क्रममा मृत्यु भइसकेको छ । एक जापानी आरोही, एक शेर्पा गाइड र एक मेसोडोनिएन आरोहीले सगरमाथा आरोहणको क्रममा ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी एक रसियन आरोहीको भने ल्होत्से हिमाल आरोहणको क्रममा मृत्यु भएको छ । ल्होत्से आरोहण गर्न पनि सगरमाथाकै रुट भएर जानुपर्छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











