बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदी गणतन्त्र दिवसमा जेलमुक्त हुने
काठमाडौं– नेता बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदीलाई बाँकी कैद माफी दिई गणतन्त्र दिवसमा जेलमुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ। कारागार व्यवस्था विभागले मंगलबार ढुंगेलसहितका कैदीको बाँकी कैद माफीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको हो।
‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१’ अनुसार सिफारिस गरिएको हो।
विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कार्यविधि अनुसार करिब ८ सय ५० कैदीलाई छाड्न सिफारिस गरिएको बताए। तर, त्यसमा बालकृष्ण ढुंगेलको नाम छ र छैन भन्ने उनले प्रस्ट पार्न चाहेनन्।
‘करिब ८ सय ५० को नाम कानुन अनुसार नै सिफारिस भएको छ, व्यक्ति विशेषको नाम याद भएन’, मैनालीले भने। स्रोतका अनुसार, ढुंगेलको नाम पनि कैद माफीका लागि सिफारिस भएको छ। कार्यविधिको कैद माफी सम्बन्धी मापदण्डभित्रै पर्ने भएकाले ढुंगेलको नाम पनि सिफारिस गरिएको विभागका एक अधिकारी बताउँछन्।
कर्तव्य ज्यान मुद्दामा ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला गरिएको छ। गत कात्तिक १४ गते पक्राउ परेका ढुंगेल डिल्लीबजार कारागारमा छन्।
कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ। सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो। कैद माफी गर्न सरकारले निर्णय गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनुपर्छ।
नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष मात्र कैद सजाय हुन्छ। ढुंगेल द्वन्द्वकालमै पक्राउ परी साढे ७ वर्ष जेल बसेका थिए। कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ। २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ। त्यसकारण असल चालचालनको कैदी भनेर सोही कार्यविधि अनुसार उनलाई जेलमुक्त गर्न लागिएको हो।
कार्यविधि अनुसार २३ वटा मुद्दा बाहेक अन्यमा कैद माफी दिन सकिने प्रावधान छ। कर्तव्य ज्यान मुद्दा पनि माफी दिन मिल्ने अन्तर्गत राखिएको छ। जसकारण ढुंगेलले पनि १२ वर्ष कैद माफी पाउन लागेका हुन्।
उज्जन श्रेष्ठको हत्या अभियोगमा २०६१ मा जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले सफाइ दिएपछि उनी छुटेका थिए। पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरी उनलाई सर्वश्वसहित जन्मकैदकै फैसला सदर गरेको हो। फैसलाको करिब ८ वर्षसम्म पनि फैसला कार्यान्वयन नभएपछि उनी प्रहरीसँग करिब ९ वर्षको लुकामारीपछि पक्राउ परेका थिए।
गत कात्तिक ७ गते सर्वोच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी पक्राउ परेका हुन्।
जेल बसेर सुध्रिएका व्यक्तिहरुलाई छाड्ने उद्देश्यले कैद छुटको प्रावधान राखिए पनि आर्थिक चलखेलका आधारमा ४० प्रतिशत कैद भुक्तान भएका सबैजसो कैदीलाई गणतन्त्र दिवस र दशैंको बेला छाड्ने परम्परा रहँदै आएको छ। अझ अचम्म के छ भने, वन्यजन्तुको कारोबार, ठगी, वैदेशिक रोजगार ठगी जस्ता सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई कैद माफी दिन नमिल्ने सूचीमा राखिएको छ, तर सबैभन्दा गम्भीर किसिमको अपराध कर्तव्य ज्यान मुद्दामा भने माफी दिने प्रावधान राखिएको छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












