गृहमन्त्रीको व्यापार घरजग्गा कारोवार
गृहमन्त्री रामबहादुर थापा शोषित पिडित जनताको मुक्तिका लागि विगतमा १० वर्षे सशस्त्र विद्रोहमात्र होइन घरजग्गा कारोबारी र होटल व्यवासायी पनि रहेको खुलासा भएको छ। विद्यमान कानुन बमोजिम सरकारका प्रधानमन्त्री, मन्त्री लगायतका पदाधिकारीहरुले सार्वजनिक पद धारण गरेपछि सार्वजनिक गर्नु पर्ने आफ्नो व्यक्तिगत सम्पत्ति विवरणमा विघटित नेकपा माओवादी केन्द्रका नेता घर जग्गा व्यवसायी पनि भएको तथ्य बाहिर आएको हो।
सिन्डीकेट र विचौलियाको सातो काड्ने उद्घोष गर्दै केहि सुधारका काम सुरु गरेका गृहमन्त्री थापाले मन्त्रिपरिषद कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उनले आफूसँग भएको नगद ३ लाख रुपैयाँ पार्टनरसिपमा चलाएको घरजग्गा र रेष्टुरेन्ट व्यवसायबाट कमाई गरेका हुन्।
उनकी श्रीमती नैनकला थापाको नाममा ६० हजार रुपैयामा खरिद गरेको घरजग्गा, भरतपुरमा १ लाख रुपैया बराबरको पेवा रकमबाट खरिद गरेको जग्गा र ६ तोला सुन रहेको छ। गृहमन्त्री थापाको नाममा ५ लाख नगद बैंक व्यालेन्स एभरेष्ट बैंकमा रहेको छ। जुन उनले सांसद हुँदा पाएको तलब भत्ता स्वरुप जम्मा भएको हो।
श्रीमतीको नाममा अपर तामाकोशीमा १४६ कित्ता शेयर राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा कर्मचारी संचय कोषबाट कट्टागरी लिइएको उल्लेख छ।सवारी साधनको नाममा माओवादी पार्टीका नाममा रहेको एउटा गाडी तथा दुई वटा कुकुरका भाले र पोथी भएको उनले बताएका छन्।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












