बेलको जादुले रियलले रच्यो इतिहास
एजेन्सी। गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर लोरिस कारिउसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
योसँगै रियल बायर्न म्युनिखपछि युरोपियन कप–च्याम्पियन्स लिग लगातार तीन पटक जित्ने पहिलो टोली बनेको छ । सँगै रियलका प्रशिक्षक जिनेदिन जिदान यो उपाधि तीन पटक जित्ने बब पेइस्ली र कार्लो एन्चेलोटीपछि तेस्रो प्रशिक्षक बनेका छन् ।
बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न बाध्य बनाएपछि लिभरपुललाई ३–१ गोलले अन्तरले हराउँदै रियल युरोपियन च्याम्पियन बनेको हो ।
पहिलो हाफको मध्यतिर शलाह घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । २५ वर्षीय इजिप्सियन खेलाडी कुममा चोट लागेपछि मैदान छाड्न बाध्य बनेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको शुरुवातमा नै गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई अग्रता दिलाए ।
तर, लगत्तै कर्नरमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल १–१ को बराबरीमा रहेको बेला बेल खेलमा आए । लगत्तै उनले खेलको ६४ औँ मिनेटमा रियललाई पुनः अग्रता दिलाए । उनले रोनाल्डोले टुरिनमा गरेको ओभरहेड किकजस्तै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
खेलको ८३ औँ मिनेटमा उनको प्रहारलाई गोलकिपर लोरिसले रोक्न नसक्दा रियलले अग्रता फराकिलो बनायो ।
त्यसपछि कुनै गोल हुन सकेन र रियलले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
यसअघि पहिलो हाफमा रियलका डिफेन्डर ड्यानी कार्भाहल पनि घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












