बेलको जादुले रियलले रच्यो इतिहास
एजेन्सी। गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर लोरिस कारिउसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
योसँगै रियल बायर्न म्युनिखपछि युरोपियन कप–च्याम्पियन्स लिग लगातार तीन पटक जित्ने पहिलो टोली बनेको छ । सँगै रियलका प्रशिक्षक जिनेदिन जिदान यो उपाधि तीन पटक जित्ने बब पेइस्ली र कार्लो एन्चेलोटीपछि तेस्रो प्रशिक्षक बनेका छन् ।
बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न बाध्य बनाएपछि लिभरपुललाई ३–१ गोलले अन्तरले हराउँदै रियल युरोपियन च्याम्पियन बनेको हो ।
पहिलो हाफको मध्यतिर शलाह घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । २५ वर्षीय इजिप्सियन खेलाडी कुममा चोट लागेपछि मैदान छाड्न बाध्य बनेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको दोस्रो हाफको शुरुवातमा नै गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई अग्रता दिलाए ।
तर, लगत्तै कर्नरमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेल १–१ को बराबरीमा रहेको बेला बेल खेलमा आए । लगत्तै उनले खेलको ६४ औँ मिनेटमा रियललाई पुनः अग्रता दिलाए । उनले रोनाल्डोले टुरिनमा गरेको ओभरहेड किकजस्तै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
खेलको ८३ औँ मिनेटमा उनको प्रहारलाई गोलकिपर लोरिसले रोक्न नसक्दा रियलले अग्रता फराकिलो बनायो ।
त्यसपछि कुनै गोल हुन सकेन र रियलले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।
यसअघि पहिलो हाफमा रियलका डिफेन्डर ड्यानी कार्भाहल पनि घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












