च्याउको बीउ माग धेरै उत्पादन थोरै
कञ्चनपुर, १३ जेष्ठ । कन्ये च्याउको बीउको माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् ।
पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका छन् ।
बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले प्रतिवर्ष दुई हजार बोतल कन्ये जातको च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिई बीउ उत्पादन गर्दै आएको छ । यस वर्षमात्रै दुई हजार ११६ बोतल च्याउको बीउ उत्पादन गरेको प्रयोगशालाले गत वर्ष चार हजार २४२ बोतल बीउ उत्पादन गरेको थियो ।
व्यावसायिक च्याउखेती गर्ने किसान बढ्दै जाँदा बीउको माग बढ्न थालेको हो । प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले भने, “थोरै बजेट र दक्ष जनशक्तिको अभावमा धेरै बीउ उत्पादन गर्न सकिँदैन ।”
उनका अनुसार बीउ उत्पादनका लागि वार्षिक रुपमा विनियोजन हुने रु एक लाख बजेटले पूरै प्रदेश नं ७ का किसानलाई सहज रुपमा बीउ उत्पादन गरी उपलब्ध गराउन सकिँदैन ।
“अनुकूल मौसम नहुँदासमेत वर्षभरि नै बीउ उत्पादन गर्न निकै कठिन हुने र प्राविधिक समस्या झेल्नु पर्छ”, उनले भने ।
बीउ उत्पादनका लागि आवश्यक पर्ने उपकरणसमेत पर्याप्त नहुँदा समस्या छ । प्रदेशको पहाडी क्षेत्रमा च्याउको माग बढ्दो छ । बाह्रै महिना वातावरण अनुकूल बनाइएका प्लाष्टिक घरमा च्याउ उत्पादन गर्न सकिन्छ । तराई क्षेत्रका धेरै किसानले व्यावसायिक रुपमा च्याउको खेती गर्नका लागि कैलालीको चुरे गाउँपालिका क्षेत्रमा जग्गा भाडामा लिई च्याउखेती गर्दै आएका छन् ।
व्यावसायिक च्याउखेती गर्दै आएका राजेन्द्रबहादुर ऐरले मागअनुरुप प्रयोगशालाबाट बीउ उपलब्ध नहुँदा चितवनलगायतका क्षेत्रबाट बीउ ल्याई खेती गर्नुपरेको उनले बताए ।
प्रयोगशालाले गहुँमा क्याल्सियम कार्वोनेट, क्याल्सियम सल्फेटको मिश्रण गरी प्लाष्टिक थैलामा प्याक गरेर डेढ घण्टासम्म शुद्धीकरण गर्ने र भोलिपल्ट कल्चर गरी ढुसी लागेपछिको १० दिनपछि वितरण गर्न तयार हुन्छ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ । प्रयोगशालाले किसानलाई कन्ये जातको च्याउको बीउ रु २५ प्रति बोतलका दरले बिक्री गर्दै आएको छ ।
कृषि विकास कार्यालयका अनुसार ३०० भन्दा बढी किसानले च्याउखेती गर्दै आएकामा १०० भन्दा बढी किसानले व्यावसायिक रुप दिएका छन् । च्याउबाट भिटामिन ‘ए’, रक्त चाप नियन्त्रण गर्ने तत्व र क्याल्सिएम प्रचुर मात्रामा पाइने भएकाले स्वास्थ्यका लागिसमेत लाभदायक हुनाका साथै मिठो हुने भएकाले सहजै बिक्री हुने गरेको छ ।
कञ्चनपुरमा च्याउखेती एक दशकअघिदेखि गरिँदै आए पनि यसको व्यावसायिक खेती भने पाँच वर्षयतादेखि हुँदै आएको हो ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












