मानव अधिकार आयोग अठारौँ वर्षमा, ऐन अभावमा केन्द्रमै सीमित
काठमाडाृं १३, जेष्ठ । नागरिकहरुको मानवअधिकारको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोग स्थापनाको १८ औँ वर्ष प्रवेश गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ संशोधन नहुँदा आयोगलाई प्रादेशिक संरचनामा रुपान्तरण गर्न कठिन भएको छ ।
सरकारी प्रतिबद्धताविपरीत आयोगले गरेका कानूनी कारबाहीका लागि भएका सिफारिस १२।५ प्रतिशतमात्र कार्यान्वयन भएका छन् । द्वन्द्व पीडितहरुको न्याय प्राप्ति र संक्रमणकालीन न्यायका विषयमा उल्लेख्य प्रगति हुन सकेको छैन भने मुद्दा फिर्ता र माफीको विषय पनि विवादरहीत हुन सकेको छैन ।
अठारौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले परिवर्तित विश्व परिवेश र राष्ट्रिय सन्दर्भमा मानव अधिकार संरक्षण एवं सम्मानप्रति चुलिएको जनआकांक्षा पूरा गर्न सरकार, सुरक्षा संयन्त्र, राजनीतिक दल, पेशागत संघसंस्थाले उच्च समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिए ।
आयोगले निकट भविष्यमा आयोगका विगतका निर्णय तथा सिफारिस र मानाव अधिकार उल्लंघनकर्ता एवं दोषीको नामसहितको विवरण सार्वजनिक गर्ने घोषणा पनि उनले गरे ।
कार्यक्रममा दयाराम स्मृति मानवअधिकार सम्मान मानव सेवा आश्रम र पत्रकार प्रेमकुमारी पन्तलाई प्रदान गरिएको थियो ।
त्यसबखत संक्षिप्त मन्तव्य व्यक्त गर्दै पत्रकार पन्तले ४७ वर्षको पत्रकारिता यात्रामा आफूले मानवअधिकार रक्षामा पनि सक्रिय भूमिका निर्वाह गरेको बताउँदै आफू त्यसमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












