सन्दीप विश्व–११ क्रिकेट खेल्न इङ्ग्ल्यान्ड जाँदै
काठमाडाैं १५, जेष्ठ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्व ११ खेलाडी र वेष्टइन्डीज बीच हुने मैत्रिपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाने भएका छन् ।
मंगलबार राति सवा ९ बजेको कतार एयरवेजको फ्लाइट मार्फत् सन्दीप त्यसतर्फ जाने पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
आईपीएल र विश्व ११ बीचको फरक के छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासमा उनले भने, “आइपीएल लिग हो तर, विश्व ११ मा वेष्टइण्डिजसँगको मैत्रिपूर्ण खेल आइपीएल भन्दा ठूलो हो ।”
“कुनै पनि खेलमा राष्ट्रको प्रतिनिधित्व गरेको छ भने लिग भन्दा त्यो ठूलो हो । आईपीएल लिग हो क्लबका लागि थियो, विश्व ११ वेष्टइण्डीजविरुद्ध हुनेछ । अगाडि भने दुवै क्रिकेटको निकैठूलो प्लेटफर्म हो नयाँ खेलाडीका लागि ठूलो अवसर हो,” लगतै उनले थपे ।
प्लेइङ ११ मा पर्ने विषयमा धैर्यता राख्नुपर्छ भनेका छन् । सन्दीपले आइपीएलबाट सिकेको कुरालाई र आफूले सकेजति र भ्याएसम्म राम्रो खेल्ने बताएका छन् ।
सन्दीप केही दिन अगाडिमात्र इन्डिएन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका थिए । भने उनले आईपीएलमा दिल्लीको ११ औं खेलमा मैदान उत्रने अवसर पाएका थिए ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











