सन्दीप विश्व–११ क्रिकेट खेल्न इङ्ग्ल्यान्ड जाँदै
काठमाडाैं १५, जेष्ठ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्व ११ खेलाडी र वेष्टइन्डीज बीच हुने मैत्रिपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाने भएका छन् ।
मंगलबार राति सवा ९ बजेको कतार एयरवेजको फ्लाइट मार्फत् सन्दीप त्यसतर्फ जाने पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
आईपीएल र विश्व ११ बीचको फरक के छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासमा उनले भने, “आइपीएल लिग हो तर, विश्व ११ मा वेष्टइण्डिजसँगको मैत्रिपूर्ण खेल आइपीएल भन्दा ठूलो हो ।”
“कुनै पनि खेलमा राष्ट्रको प्रतिनिधित्व गरेको छ भने लिग भन्दा त्यो ठूलो हो । आईपीएल लिग हो क्लबका लागि थियो, विश्व ११ वेष्टइण्डीजविरुद्ध हुनेछ । अगाडि भने दुवै क्रिकेटको निकैठूलो प्लेटफर्म हो नयाँ खेलाडीका लागि ठूलो अवसर हो,” लगतै उनले थपे ।
प्लेइङ ११ मा पर्ने विषयमा धैर्यता राख्नुपर्छ भनेका छन् । सन्दीपले आइपीएलबाट सिकेको कुरालाई र आफूले सकेजति र भ्याएसम्म राम्रो खेल्ने बताएका छन् ।
सन्दीप केही दिन अगाडिमात्र इन्डिएन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका थिए । भने उनले आईपीएलमा दिल्लीको ११ औं खेलमा मैदान उत्रने अवसर पाएका थिए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












