२० वर्षपछि उत्तर कोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन्। उत्तर कोरियाको वर्कस् पार्टीका केन्द्रीय समितिका उपाध्यक्ष जेनरल किम योङ चोल नेतृत्वको टोली बेइजिङ हुँदै अमेरिका पुगेको हो।
बेइजिङमा रहँदा किमले चीनका अधिकारीसँग सिंगापुर वार्ताका बारेमा परामर्श गरेको जनाइएको छ।
अमेरिका पुगे लगत्तै उत्तर कोरियाली विशेष दूतका रूपमा किमले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग बुधबार भेट गरेका छन्। यस्तै बिहीबार पनि किम र पोम्पियोबीच महत्त्वपूर्ण छलफल हुने बताइएको छ। किम योङ चोलको अमेरिकी राष्ट्रपतिसँग भेट हुनेबारे केही खुलाइएको छैन।
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ का लागि तय भएको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता रद्द गरेका थिए। तर, ट्रम्पले पुनः किमसँगको वार्ता नटरेको अभिव्यक्ति दिएका थिए। साथै उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच गत शनिबार आकस्मिक भेटवार्ता भएको थियो र त्यस वार्ताले पनि ट्रम्प र किम जोङ उनबीच हुने भनिएको वार्ताको सम्भावनालाई बढाएको थियो।
सिंगापुरमा जोइ हयागिन नेतृत्वमा एक अमेरिकी टिमले पनि किम योङ चोलसँग शिखर वार्ताका विषयमा रणनीतिक छलफल गर्ने जनाइएको छ।
त्यस्तै, रूसी विदेशमन्त्री सर्जी लाभरोव पनि बिहीबार वार्ताका लागि पोङयाङ्ग आइपुग्ने बताइएको छ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












