सांसदले पाएको ४ करोडका लागि सरकारले कार्यविधि ल्याउने, नियन्त्रण होला त मनपरितन्त्र ?
काठमाडौं १७, जेष्ठ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसहरुलाई दिइने बजेटको सट्टामा ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत रकम दिदा चुस्त र भ्रष्टाचार मुक्त बनाउन सरकारले कडा किसिमको कार्यविधि ल्याउने तयारी गरेको छ ।
सांसहरुलाई आफूखुसी योजना छनोट गर्ने र आफैं वित्तीय व्यवस्थापकको भूमिकामा नरहने गरी कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बलियो कार्यविधि ल्याउन गृहकार्य गरिएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले यो कार्यक्रमको बजेट दुरुपयोग हुन नदिन यसअघिका कार्यक्रमहरुको भन्दा कडा प्रवन्धसहितको कार्यविधि बनाउने तयरी गरिएको बताएका छन् ।
आगामी वर्षको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड दिने उल्लेख छ । यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ३ करोड बजेट छुट्याउने गरिन्थ्यो ।
यो कार्यक्रम अन्तरगत ३ वर्षमा सक्ने गरी एउटा निर्वाच क्षेत्रभित्र ५ वटा आयोजना बन्नेछन् । आयोजना छनोटका लागि निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका प्रमुख संलग्न समिति बनाउने तयारी छ । यही समतिले आयोजनाहरुको छनोट र अनुगमन गर्नेछ ।
यस्तो कार्यक्रमको बजेट सडक, खानेपानी, सिँचाई र नदी नियन्त्रणमा लगाउने बजेटमै उल्लेख थियो ।
अर्थमन्त्री खतिवडाले बजेट निर्माणका क्रममा दबाव आएपछि यो कार्यक्रमलाई निरन्तरता दिनपरेको स्वीकारिसकेका छन् । उनले ‘खाँउ भने के, नखाउँ भने के भन्ने उखान जस्तै’ भएपछि यसलाई नयाँ तरिकाबाट सञ्चालन गर्न बजेट दिइएको बताएका छन् ।
संसदभित्र दिनैपर्ने भन्ने दबाव र बाहिर दिनुहुँदैन भन्ने आवाज चर्को भएका कारण बजेट बनाउँदा सन्तुलित हुन निकै समस्या परेको उनको अनुभव छ ।
अर्थमन्त्री खतिवडाले अब आयोजना कार्यान्वयन र वित्तीय कारोबारमा सांसदको प्रत्यक्ष भूमिका खोसिएको बताए । यो कार्यक्रमलाई प्रभावकारी र नतिजामुखी बनाउन बलियो कार्यविधि तयार गरेर सरकार अघि बढ्ने उनको भनाइ छ ।
स्थानीय तह र प्रदेशलाई नै जिम्मेवार बनाएर यो कार्यक्रम लागू हुने भएकाले विगतका जस्ता समस्या नदोहोरिने अर्थमन्त्रीको विश्वास छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












