विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालकले जेनेभा बाट गरे आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।
उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल रोजगारदाता परिषद्को अध्यक्षसमेत रहनुभएका ढकालले नेपालले श्रमसम्बन्धी कानूनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारको सुनिश्चितता प्राप्त भएको बताउँदै औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गर्नुभयो ।
श्रमिकको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानूनमा गरिएको पछिल्लो सुधारले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनका साथै श्रमिकका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पु¥याउने अपेक्षा नेपालका उद्यामीले गरेको उहाँले बताउनुभयो ।
उपाध्यक्ष ढकालले नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थिरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार एंव उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको छ भन्नुभयो ।
यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीे प्रवद्र्धन र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसर सिर्जना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि उहाँले बताउनुभयो ।
उपाध्यक्ष ढकालले आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भएकाले आर्थिक विकासको प्रतिफल देशको तल्लो तह वा निम्न वर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशीलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पु¥याउने विचार व्यक्त गर्नुभयो ।
कुनै पनि देशमा श्रमिक र उनीहरुका संघ संगठनको क्षमता अभिवृद्धि एक महत्वपूर्ण कार्य हो, उहाँले भन्नुभयो, “औद्योगिक विकास, उत्पादकत्व वृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सिर्जनामा यसले सहयोग पु¥याउँछ, त्यसैले यस्तो क्षमता अभिवृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको छ ।”
यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा नेपालले गरेकोे धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा प्रतिनिधि र श्रमिक एंव त्यसका नेताहरु गरी चार हजारभन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष ढकालले जानकारी दिनुभयो ।
यही मे २८ देखि जुन ८ गतेसम्म उक्त सत्र सञ्चालन हुनेछ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












