तपाईंको बच्चाले एसईई दिएर बसेको छ ? के पढाउने भन्ने चिन्ताको समाधान यो हो….
काठमाडाैं १९, जेष्ठ । सामान्यतया: एसईईको रिजल्टको प्रतीक्षामा रहेका आम बिद्यार्थी र अभिभावकमा एउटै चासो र चिन्ता के हुन्छ भने त्यो हो बच्चालाई के पढाउने, कुन विषय पढाउने लगायतका प्रश्नले लखेटेकै हुन्छ ।
एसईई रिजल्टको प्रतीक्षामा रहेका लाखौं विद्यार्थीलाई यतिबेला कुन विषय रोज्ने, के पढ्ने भन्ने अन्योल छ । अभिभावकमा पनि के पढाउँदा उपयुक्त हुनेदेखि लिएर कुन विकल्प छनोट गर्ने, कुन प्लस टु वा शैक्षिक संस्था रोज्ने भन्ने विषयमा दुविधा छ ।
एसईईपछिको कक्षा ११ र १२ विद्यार्थीका लागि करिअर बनाउने जग हुने बताउँछन् । लिटिल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा भन्छन्, “११ र १२ कक्षा भनेको करियरचाहिँ होइन, यो करियर बनाउने एउटा फाउण्डेशनमात्रै हो । यसले करियर बनाउनको लागि अगाडिको पूर्वाधार तयार गर्छ । विद्यार्थीको रुची केमा छ, कुन क्षेत्रमा भविष्य बनाउन चाहन्छ, त्यो विषय छनोट गर्नुपर्छ । यसमा अभिभावकको पनि ठूलो रोल हुन्छ । अभिभावकले विषय छान्नको लागि कहिल्यै दबाब दिनु हुँदैन ।”
कुनै पनि विषय आफैंमा नराम्रो नहुने शर्मा बताउँछन् । अभिभावकले प्रायः बच्चाहरुलाई तिमीले ए प्लस ल्याएको छ, साइन्स पढ्नुपर्छ भनेर दबाब दिने गरेको गुनासो आफूले सुनेको उनले बताए । उनी भन्छन्, “अभिभावकले के बुझ्नुपर्छ भने राम्रो प्रतिशत ल्याएको छ भने उसले भाषा पढ्यो भने गजब हुन्छ । भोलि त्यो ठूलो भाषाविद् भएर निस्कन सक्छ । त्यस्तै पोल्टिकल साइन्स पढेर राम्रो पोलिटिसियन, इकोनोमिस्ट बन्यो भने देशलाई ठूलो सहयोग हुन्छ । भन्नुको अर्थ जे विषय लिए पनि आफ्नो विषयमा नम्बर एक भएर निस्किनु पर्यो ।”
शिक्षाविद् धनञ्जय अधिकारी पनि कक्षा १० पछि के पढ्नेमा विभिन्न विकल्पहरु रहेको तर आफूलाई कुन विषय पढ्दा सही हुने हो, त्यसमै भर्ना हुनु राम्रो हुने बताउँछन् ।
यस्ता छन् छनोट
नेपालमा कक्षा १० पछिका लागि मूलतः चार प्रकारका अध्ययन संस्थानहरु रहेका छन् । एउटा हो, ए लेभल । प्रायः विदेशमा अध्ययन तथा उतै करियरको प्लानिङ गर्ने विद्यार्थीका लागि ए लेभल उपयुक्त हुन सक्छ । यद्यपि उक्त शिक्षा महँगो मानिन्छ । दुई वर्षको अवधिमा ४ देखि १२ लाखसम्म खर्च पर्न आउँछ । अर्को हो, भारतीय बोर्ड अन्तर्गतको सीबीएससी तथा आइसीएसी अन्तर्गतका क्याम्पसहरु । तेस्रो– प्लस टु जुन चलनचल्तिमा बढी छ । प्राविधिक शिक्षा पनि आकर्षणको केन्द्र हो । जसका लागि सिटिइभीटीका संस्थाहरुको छनोट गर्न सकिन्छ ।
अधिकांश विद्यार्थीको रोजाइ प्लस टु हुने गरेको छ । त्यसपछि अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त ए लेभल, सिटिइभिटिबाट सञ्चालित हुने प्राविधिक कोर्षहरु पनि विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । भारतीय बोर्डमा कम आकर्षण छ ।
स्वरोजगारमुखी हुन चाहने तथा चाँडै काम पाउन सकिने रोजगारीमूलक तालिम र विभिन्न टेक्निकल कोर्सहरु राम्रो विकल्प हुन सक्ने विज्ञहरु बताउँछन् । सरकारले पनि प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।
कुन विषय पढ्ने ?
काठमाडौंस्थित नाशा इन्टरनेशनल कलेजका प्रिन्सीपल सुधीर झा विद्यार्थीहरुलाई आफ्नो रुची, क्षमता र करियर प्लानअनुसार विषय चयन गर्न सल्लाह दिन्छन् । भन्छन्, “विषय कुनै पनि नराम्रो वा संकाय कमजोर हुँदैन । बरु आफूले जे विषय रोजे पनि त्यसमा बेस्ट आउटपुट भने दिन सक्नुपर्छ ।” यस विषयमा अभिभावक तथा शिक्षकले सही सल्लाह र मार्गनिर्देश गर्नुपर्ने उनी बताउँछन् ।
भड्किलो प्रचारशैलीको प्रभाव
एसईईको रिजल्ट आउनेबित्तिकै कक्षा ११ को लागि नयाँ भर्ना खुल्छ । काठमाडौं उपत्यकालगायत बाहिरका प्लस टुले पनि प्रवेश परीक्षाको तयारी गरिरहेका छन् । प्सल टुहरुले विद्यार्थी र अभिभावकलार्ई आकर्षित गर्न भड्किलो प्रचारबाजी गर्ने आरोप पनि लाग्ने गरेको छ ।
देशभरका करिब ३ हजार ७ सय प्लस टुमध्ये १ हजार ५० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित छन् । सामुदायिक क्याम्पसहरुले पनि विद्यार्थी आकर्षित गर्न विभिन्न अभियान चलाइरहेका छन् । शान्तिनगरस्थित फ्लोरिडा कलेजका प्रबन्ध निर्देशक शरदकुमार सुन्दर कलेज छनोट गर्दा शैक्षिक रिपोर्ट, उपलब्ध संकाय तथा विषय, सञ्चालक तथा शिक्षकको टिम आदिबारे जानकारी लिन सुझाव दिन्छन् ।
एलएका प्रधानाध्यापक मुकुन्दराज शर्मा पनि अभिभावकले त्यो संस्थाको रेकर्ड र कति पछिसम्म त्यसले इतिहास धान्नसक्छ भनेर हेर्नुपर्ने बताउँछन् । आफूले बालबच्चालाई पढाउन खोजेको कलेजको एकेडमिक पर्फर्मेन्ससमेत ध्यानमा राख्नुपर्ने उनी सुझाव दिन्छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











