३२ किलो सुन भारतमा
वैकल्पिक मार्ग रोज्दै सुन तस्कर
काँकडभिट्टा,२० जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग गरेको हो ।
भारत, सिलिगुडीमा शुक्रबार बरामद ३२ किलो सुन नाथुला हुँदै चीनबाट भित्रिएको भारतको केन्द्रीय राजस्व गुप्तचर विभागले दाबी गरेको छ ।
भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुनसहित प्रवीण समराव फदम, धनाजी साहेव राव बाबर र अक्षय हरिदास पक्राउ परेका छन् । तस्करीमा संलग्न तीनै जना महाराष्ट्रका बासिन्दा हुन् ।
उनीहरूले कम्मरमा बाँधिएको विशेष किसिमको पेटीभित्र सुन लुकाएर महाराष्ट्र लैजान लागेका थिए । भारतीय गुप्तचर विभागको दाबीअनुसार तस्करले विगतमा नेपाल हुँदै सुन भारत पुर्याउँथे तर नेपाल सरकारले कडाइ गरेपछि वैकल्पिक मार्ग रोजेका हुन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












