सिसीद्वारा दोस्रो कार्यकालको सपथ ग्रहण
काएरो, इजिप्ट, १९ जेठ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिनुभएको यहाँको राज्य सञ्चालित नाइल टेलिभिजन च्यानलले जनाएको छ ।
उनी इजिप्टको राष्ट्रपतिका रूपमा आगामी सन् २०२२ सम्म काम गर्नुहुनेछ ।
इजिप्टको संसदमा भब्य समारोहबीच भएको कार्यक्रममा राष्ट्रपति सिसीले सपथ खाँदै भने, “म भगवानलाई साक्षी राखी इजिप्टको गणतान्त्रिक व्यवस्थाको सुरक्षा गर्नेछु । संविधान र कानूनको सम्मान गर्नेछु । नागरिकको हितको सुरक्षा गर्नेछु र राज्यको एकता, स्वतन्त्रताको रक्षा गर्नेछु ।”
सपथपछि संसदलाई सम्बोधन गर्दै उनले भने, “हामीले धेरै कठीन अवस्थाको सामना गर्दै राज्यलाई भविष्यमा थप स्थायित्वतर्फ डोराइरहेका छौँ ।”
आफ्नो पहिलो कार्यकालमा आर्थिक सुधारका लागि बिताएको बताउँदै आगामी चार वर्ष स्वास्थ्य र शिक्षामा सुधारका लागि खर्चिने सिसीले सम्बोधनमा बताए ।
“इजिप्टजस्तो मुलुकलाई नेतृत्व दिनु वास्तवमा नै कठीन र ठूलो काम हो,” उनले राष्ट्रका नाममा दिएको सम्बोधनमा बताए ।
राष्ट्रपतिले भने, “इजिप्टले अन्तर्राष्ट्रिय सम्बन्धलाई साझेदारीका माध्यमबाट अघि बढाउने प्रयास जारी रहनेछ ।”
सिसीले सन् २०१८ मा भएको निर्वाचनमा ९७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले पहिलो राष्ट्रपतिको सपथ इजिप्टको सर्वोच्च संवैधानिक अदालतसमक्ष सन् २०१४ मा लिएका थिए ।
इजिप्टको इतिहासमा पूर्व राष्ट्रपति होस्नी मुवारकले पाँचौँ कार्यकालका लागि सन् २००५ मा सपथ खानुभएको थियो । उनलाई जनआन्दोलनको बलमा सन् २०११ मा पदच्युत गरिएको थियो । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












