सिसीद्वारा दोस्रो कार्यकालको सपथ ग्रहण
काएरो, इजिप्ट, १९ जेठ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिनुभएको यहाँको राज्य सञ्चालित नाइल टेलिभिजन च्यानलले जनाएको छ ।
उनी इजिप्टको राष्ट्रपतिका रूपमा आगामी सन् २०२२ सम्म काम गर्नुहुनेछ ।
इजिप्टको संसदमा भब्य समारोहबीच भएको कार्यक्रममा राष्ट्रपति सिसीले सपथ खाँदै भने, “म भगवानलाई साक्षी राखी इजिप्टको गणतान्त्रिक व्यवस्थाको सुरक्षा गर्नेछु । संविधान र कानूनको सम्मान गर्नेछु । नागरिकको हितको सुरक्षा गर्नेछु र राज्यको एकता, स्वतन्त्रताको रक्षा गर्नेछु ।”
सपथपछि संसदलाई सम्बोधन गर्दै उनले भने, “हामीले धेरै कठीन अवस्थाको सामना गर्दै राज्यलाई भविष्यमा थप स्थायित्वतर्फ डोराइरहेका छौँ ।”
आफ्नो पहिलो कार्यकालमा आर्थिक सुधारका लागि बिताएको बताउँदै आगामी चार वर्ष स्वास्थ्य र शिक्षामा सुधारका लागि खर्चिने सिसीले सम्बोधनमा बताए ।
“इजिप्टजस्तो मुलुकलाई नेतृत्व दिनु वास्तवमा नै कठीन र ठूलो काम हो,” उनले राष्ट्रका नाममा दिएको सम्बोधनमा बताए ।
राष्ट्रपतिले भने, “इजिप्टले अन्तर्राष्ट्रिय सम्बन्धलाई साझेदारीका माध्यमबाट अघि बढाउने प्रयास जारी रहनेछ ।”
सिसीले सन् २०१८ मा भएको निर्वाचनमा ९७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले पहिलो राष्ट्रपतिको सपथ इजिप्टको सर्वोच्च संवैधानिक अदालतसमक्ष सन् २०१४ मा लिएका थिए ।
इजिप्टको इतिहासमा पूर्व राष्ट्रपति होस्नी मुवारकले पाँचौँ कार्यकालका लागि सन् २००५ मा सपथ खानुभएको थियो । उनलाई जनआन्दोलनको बलमा सन् २०११ मा पदच्युत गरिएको थियो । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












