ढल्केबर सव स्टेशन पुगेका कुलमानले भने: ‘ढल्केबर सव स्टेसन असारभित्र सम्पन्न गर्नु नत्र कारवाही गर्छु’
धुनषा २०, जेष्ठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषास्थित ढल्केबर सव स्टेशन योजनास्थलको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनले आउदो असारभित्र धनुषास्थित ढल्केबर सव स्टेशन सम्पन्न गर्न निर्देशन दिदै सम्झौता भएको समयभित्र काम नभए निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । उनको निर्देशनपछि आयोजना निर्माण गरिरहेको कम्पनी टेल्मोस इलेक्ट्रोनिसले असार महिनाभित्र सम्पूर्ण काम सक्ने प्रतिबद्धता जनाएको छ ।
शुरुमा सवस्टेशन निर्माणको जिल्ला पाएको सेन्ट्रल चाइना ग्रिडले काममा आलटाल गरेको थियो । प्राधिकरणले पटक पटक ताकेता गरेपनि सो कम्पनीले काम नगरेपछि प्राधिकरणले २०७४ असोज ६ मा ठेक्का सम्झौता तोडेको थियो । त्यसपछि बोलपत्र आह्वान गरेर २०७४ माघ १२ गते टेल्मोससँग ठेक्का सम्झौता गरेको थियो ।
आगामी असारदेखि ढल्केबर–मुज्जफ्फपुर बिद्युत प्रशारण आयोजना सञ्चालनमा आएपछि नेपाल भारतबीच थप १ सय ५० मेगावाट बिद्युत आदानप्रदान गर्न सकिनेछ । हाल हिँउदको बेला नेपालमा बिद्युत बढी खपत हुने साँझ बिहानको समयमा १ सय २० मेगावाट सम्म विद्युत आयात भइरहेको छ । यो आयोजना सम्पन्न भएपछि दुई देशबिच कूल १ सय ७० मेगावाटसम्म बिद्युत आदानप्रदान गर्न सम्भव हुनेछ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











