सन्दीपको क्रिकेटमा छलाङ, क्यानेडियन लिगमा छनौट
काठमाडौँ २१, जेष्ठ । सन्दीप लामिछाने, नेपाली क्रिकेटमा उनको छवी उच्च त छ नै अहिले उनको विश्व बजारमा समेत उत्तिकै चर्चा छ ।
भर्खरै आइपीएलसँगै विश्व-११ बाट खेलेका नेपाली स्पिनर लामिछानेको सफलताका बारेमा धेरै कुरा भन्नै पर्दैन ।
उनले अब क्यानडाको ग्लोबल टी-२० क्रिकेट लिगबाट खेल्न पाउने भएका हुन्। लिगको मोन्ट्रेल टाइगर्स टोलीले सन्दीपलाई छैटौँ चरणमा खरिद गरेको प्रगियोगिताको अफिसियल ट्वीट मार्फत जानकारी गराइएको छ।
पहिलो संस्करण आयोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलार्इ १५ तारिख सम्म चल्नेछ।
ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएको थिए। ती मध्येबाट नेपालका सन्दीप, श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा आदी उक्त टीममा छनौट भएका छन्।
उक्त खेल टोरन्टो स्थित माप्ले लिफ क्रिकेट क्लबको मैदानमा हुनेछ।
आइपीएलको ११औँ संस्करण खेलेका सन्दीपले आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन्। यसअघि उनी क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड किट्समा अनुबन्ध भएका थिए।
Comments
अरु समाचार
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...











