एम्बुलेन्सविहीन भक्तपुर अस्पताल
भक्तपुर, २३ जेठ। स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो ।
वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन ।
भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो । अस्पतालमा भएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखालाई दिएपछि अस्पताल एम्बुलेन्सविहीन भएको हो । “विगतमा आफूसँग भएको एम्बुलेन्स रेडक्रसलाई किन दिइएको हो मलाई थाहा छैन,” अस्पतालका मेसु सुधा देवकोटाले भने, “अहिले एम्बुलेन्स नहुँदा समस्या भइरहेको छ ।
अस्पतालले पटकपटक रेडक्रससँग उक्त एम्बुलेन्स फिर्ता माग्दा अहिलेसम्म फिर्ता आउन नसकेको डा देवकोटाले जानकारी दिए।
सरकारी अस्पतालमा एम्बुलेन्स नभएकै कारण अन्य संस्थाबाट महँगो रकम तिरेर सेवा लिन बाध्य भएको बिरामीको गुनासो छ । पछिल्लो समय जिल्ला समन्वय समितिले सञ्चालन गरिरहेको एम्बुलेन्स अस्पताललाई दिने प्रस्ताव गरेको थियो तर अस्पताल प्रशासनले दुईजना चालकको भारसमेत लिनुपर्ने भएपछि सो एम्बुलेन्स लिन नसकिएको मेसु देवकोटाले बताए ।
“जिल्ला समन्वय समितिको एम्बुलेन्स अस्पताललाई दिने भन्ने कुरो थियो । त्यो एम्बुलेन्स अस्पतालमा ल्याए दुईजना ड्राइभर पाल्नुपर्ने, तर अस्पतालको क्षमता भने दुईजना ड्राइभर पाल्न सक्ने स्थितिमा छैन”, उनले भने, “अहिले प्रादेशिक सरकार आइसकेकाले सबैभन्दा पहिला प्रदेश सरकारसँग एम्बुलेन्स माग गरेको छु ।”
रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












