यी ‘वर्ल्ड कप गर्ल’ को सुन्दरताले पुटिनसमेत लाखौं कायल फोटोफिचर
भिक्टोरिया लापरेवालाई फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनिएको छ । सन् २००३ की मिस रुस भिक्टोरिया अहिले ‘वर्ल्ड कप गर्ल’ को रुपमा परिचित छिन् ।
भिक्टोरियाले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर बन्नेबित्तिकै रुससमेत थुप्रै देशमा आफ्नो प्रशंसक बनाउन सफल भइसकेकी छिन् ।सोसल मिडियामा १० लाखभन्दा बडी फलोअर भएकी भिक्टोरियाले आफ्ना फोटोसुट सोसल ह्यान्डलमा राख्ने गर्छिन् ।
भिक्टोरियालाई रुसका राष्ट्रपति पुटिनले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनेका हुन् ।
स्थानीय मिडिया रिपोर्ट अनुसार भिक्टोरियालाई पुटिनले वर्ल्ड कप गर्लको रुपमा नियुक्त गरेका हुन् । सूत्रका अनुसार पुटिनले भिक्टोरियालाई फुटबल कार्यक्रम प्रस्तुत गरेको देखेका थिए । भिक्टोरिया पनि राष्ट्रपति पुटिनलाई समर्थन गर्छिन् । रुसमा राष्ट्रपति चुनावको क्रममा भिक्टोरियाले पुटिनलाई भोट दिनका लागि अपिल गरेकी थिइन् ।
भिक्टोरिया स्पोर्टस प्रोजेक्टरका साथै नायिका, मोडल र फेशन ब्लगर पनि हुन् । आफ्नो सुन्दरताले उनले थुप्रै देशमा फुटबल प्रेमीलाई आफ्ना प्रशंसक बनाउन सफल भएकी छिन् ।
वर्ल्ड कपको ब्रान्ड एम्बेसेडर भएपछि उनले सोसल मिडियामा प्रोमोट गर्नुका साथै बच्चा र खेल प्रेमीका लागि रुसका थुप्रै शहरमा प्रदर्शनी म्याच आयोजना गरेकी छिन् । ती खेलमा रुसका चर्चित फुटबल खेलाडी पनि प्रोमोट गर्न पुगेका थिए ।
बिजनेश एडमिनिस्ट्रिेशनकी ग्रेजुएट ३४ वर्षकी भिक्टोरियालाई स्कूलमा पढ्दा पढ्दै मोडलिङका लागि अफर आउन थालेको थियो तर पढाई पूरा गरेपछि सन् १९९८ मा पहिलो पटक उनी मोडलिङको क्षेत्रमा आइन् । त्यसपछि उनले मिस रुसका साथै ‘फेस अफ द इयर’, ‘मोडल अफ डन’ जस्ता मोडलिङका अवार्ड जितिन् ।
वर्ल्ड कपका क्रममा भिक्टोरिया मानिसहरुलाई स्वस्थ जीवनशैलीका लागि जागरुक गराउनेछिन् । यसका साथै भिक्टोरिया सोसल मिडियामा पनि वर्ल्ड कपलाई प्रोमोट गर्नेछिन् ।
सुरुवातदेखि नै भिक्टोरिया इंगलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडकी प्रशंसक हुन् । फुटबलसँग पुरानो सम्बन्धका कारण नै आज उनी फिफा विश्व कप २०१८ की ब्रान्ड एम्बेसेडर बनेको बताइन्छ ।
भिक्टोरियाको मनपर्ने फुटबल खेलाडी नेमार हुन् । यद्यपी, उनी मेस्सी, रोनाल्डो र पोग्बाको समेत तारिफ गर्छिन् ।उनले रोस्टोव स्टेट युनिभर्सिटीबाट इकोनोमिक्समा ग्रेजुएशन गरेकी हुन् ।
उनले म्याक्सिम, गाला, कस्मोपोलिटनजस्ता म्यागजिनका लागि पनि मोडलिङ गरिसकेकी छिन् । भिक्टोरियाको विवाह सन् २०१३ मा रुसका स्टार फुटबलर फेडोर मोलोवसँग भएको थियो । तर सन् २०१५ मा उनको सम्बन्धविच्छेद भयो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












