यी ‘वर्ल्ड कप गर्ल’ को सुन्दरताले पुटिनसमेत लाखौं कायल फोटोफिचर
भिक्टोरिया लापरेवालाई फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनिएको छ । सन् २००३ की मिस रुस भिक्टोरिया अहिले ‘वर्ल्ड कप गर्ल’ को रुपमा परिचित छिन् ।
भिक्टोरियाले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर बन्नेबित्तिकै रुससमेत थुप्रै देशमा आफ्नो प्रशंसक बनाउन सफल भइसकेकी छिन् ।सोसल मिडियामा १० लाखभन्दा बडी फलोअर भएकी भिक्टोरियाले आफ्ना फोटोसुट सोसल ह्यान्डलमा राख्ने गर्छिन् ।
भिक्टोरियालाई रुसका राष्ट्रपति पुटिनले फिफा वर्ल्ड कप २०१८ को ब्रान्ड एम्बेसेडर चुनेका हुन् ।
स्थानीय मिडिया रिपोर्ट अनुसार भिक्टोरियालाई पुटिनले वर्ल्ड कप गर्लको रुपमा नियुक्त गरेका हुन् । सूत्रका अनुसार पुटिनले भिक्टोरियालाई फुटबल कार्यक्रम प्रस्तुत गरेको देखेका थिए । भिक्टोरिया पनि राष्ट्रपति पुटिनलाई समर्थन गर्छिन् । रुसमा राष्ट्रपति चुनावको क्रममा भिक्टोरियाले पुटिनलाई भोट दिनका लागि अपिल गरेकी थिइन् ।
भिक्टोरिया स्पोर्टस प्रोजेक्टरका साथै नायिका, मोडल र फेशन ब्लगर पनि हुन् । आफ्नो सुन्दरताले उनले थुप्रै देशमा फुटबल प्रेमीलाई आफ्ना प्रशंसक बनाउन सफल भएकी छिन् ।
वर्ल्ड कपको ब्रान्ड एम्बेसेडर भएपछि उनले सोसल मिडियामा प्रोमोट गर्नुका साथै बच्चा र खेल प्रेमीका लागि रुसका थुप्रै शहरमा प्रदर्शनी म्याच आयोजना गरेकी छिन् । ती खेलमा रुसका चर्चित फुटबल खेलाडी पनि प्रोमोट गर्न पुगेका थिए ।
बिजनेश एडमिनिस्ट्रिेशनकी ग्रेजुएट ३४ वर्षकी भिक्टोरियालाई स्कूलमा पढ्दा पढ्दै मोडलिङका लागि अफर आउन थालेको थियो तर पढाई पूरा गरेपछि सन् १९९८ मा पहिलो पटक उनी मोडलिङको क्षेत्रमा आइन् । त्यसपछि उनले मिस रुसका साथै ‘फेस अफ द इयर’, ‘मोडल अफ डन’ जस्ता मोडलिङका अवार्ड जितिन् ।
वर्ल्ड कपका क्रममा भिक्टोरिया मानिसहरुलाई स्वस्थ जीवनशैलीका लागि जागरुक गराउनेछिन् । यसका साथै भिक्टोरिया सोसल मिडियामा पनि वर्ल्ड कपलाई प्रोमोट गर्नेछिन् ।
सुरुवातदेखि नै भिक्टोरिया इंगलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडकी प्रशंसक हुन् । फुटबलसँग पुरानो सम्बन्धका कारण नै आज उनी फिफा विश्व कप २०१८ की ब्रान्ड एम्बेसेडर बनेको बताइन्छ ।
भिक्टोरियाको मनपर्ने फुटबल खेलाडी नेमार हुन् । यद्यपी, उनी मेस्सी, रोनाल्डो र पोग्बाको समेत तारिफ गर्छिन् ।उनले रोस्टोव स्टेट युनिभर्सिटीबाट इकोनोमिक्समा ग्रेजुएशन गरेकी हुन् ।
उनले म्याक्सिम, गाला, कस्मोपोलिटनजस्ता म्यागजिनका लागि पनि मोडलिङ गरिसकेकी छिन् । भिक्टोरियाको विवाह सन् २०१३ मा रुसका स्टार फुटबलर फेडोर मोलोवसँग भएको थियो । तर सन् २०१५ मा उनको सम्बन्धविच्छेद भयो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












