सशस्त्रका डिएसपी नै सखुवाको काठ तस्करीमा
सखुवाको काठ तस्करीमासशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा।१ झ १६६९ नंबरको ट्रकमा राखेर गैह्र कानूनी ढंगले सखुवाको काठ लैजादै गर्दा सोमबार राती पक्राउ परेको छ। धनकुटाको मुलघाटबाट सशस्त्र प्रहरी चेक पोष्टले सोमबार राती सशस्त्रको ट्रक नियन्त्रणमा लिएको थियो। ट्रक जाच्ने क्रममा अवैध रुपमा करिब एक सय क्यूफिट सखुवाको काठ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले बताए। बरामत गरिएको काठको बजार मूल्य करिब सात लाख रुपंैयाभन्दा बढी हुने जनाइएको छ।
सखुवाको काठसहित सवारी साधन नियन्त्रणमा लिएको घटनाबारे सशस्त्र प्रहरी बलको पकलीस्थित बाहिनीलाई जानकारी गराइएको थियो। घटनामा संलग्न भएको आशंकामा अरुण गुल्म संखुवासभाका डीएसपी रामप्रसाद भण्डारीलाई मंगलबार पकलीस्थित वाहिनीमा झिकाइएको स्रोतले जनायो। पकलीस्थित सशस्त्रको वाहिनीबाट डीएसपी डम्बर विष्ट नेतृत्वको टोली छानविनका लागि मंगलबार मुलघाट पुगेको थियो। बुधबार चैनपुरस्थित अरुण गुल्म आइपुगेका टोलीले घटनाबारे छानविन सुरु गरेको बताइएको छ।
गुल्मले भौतिक निर्माण गर्ने जनाउँदै आहाले सिस्ने सल्लेरी सामुदायिक वन चैनपुरबाट फागुनमा काठ लगेको वनका सचिव सीता गौतमले बताए। ३० किबी काठ माग गरेको गुल्मले सय किबी लगेको र अन्यत्र लगेको खबरले अचम्ममा परेको गौतमले बताए।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












