रियल छोड्ने तयारीमा रोनाल्डो
काठमाडाैं २४, जेष्ठ । रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाड्ने भएका छन् । स्पेनिस अनलाइन पत्रिका मार्काले रोनाल्डो र क्लबबीच सम्झौतामा कुरा नमिलेपछि रियल छाड्ने उल्लेख गरेको छ ।
रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्झौताका विषयमा असमति भएपछि रोनाल्डोले रियल छाड्ने निर्णय गरेको मार्काले पोर्चुगलको मिडियालाई उद्धत गर्दै लेखेको छ ।
गत मंगलबार भएको वार्तामा नयाँ सम्झौताअनुसार रोनाल्डोका माग पूरा गर्न क्लब तयार नभएपछि त्यस्तो निर्णय लिएको हुनसक्ने रियलका जनरल डाइरेक्टर जोस एञ्जल स्यान्चेरले मार्कासँग बताएका छन् ।
आफूसँग गरिएका वाचाहरु पूरा नगरेको भन्दै रोनाल्डो अध्यक्ष पेरेजसँग रुष्ट भएको बताइएको छ ।
केही दिनअघि मात्रै प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिडबाट राजीनामा दिएका थिए । रियलका पूर्व प्रशिक्षक जिनेदिन जिदानसँग राम्रो सम्बन्ध रहेका रोनाल्डोको सफलतामा जिदानको योगदान भएको मार्काले उल्लेख गरेको छ । त्यस्तै, यसलाई पनि रोनाल्डोले रियल छाड्न लागेको कारणको रुपमा उल्लेख गरेको छ । एजेन्सी
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












